साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ११।
बडिगाड गाउँपालिका वडा नं. ५ रिखेटारीमा प्राथमिक स्वास्थ्य अस्पतालको लागी स्थानियले ९ रोपनी वढि जग्गा निशुल्क प्रदान गर्ने भएका छन् । स्थानिय वासिन्दाले भएको जग्गालाई सत प्रतिशत मानी प्रत्येकले १० प्रतिशतका दरले नगद उठाई स्थानिय केहि व्याक्तिको ९ रोपनी जग्गा किनेर हस्तान्तरण गर्ने तयारी भएको हो ।
झण्डै ८० लाख पर्ने सो जग्गालाई नजिकका झण्डै ७० जनाले रकम उठाई किनेका हुन् । स्थानिय हरि आचार्यका अनुसार सो क्षेत्रको विकासको लागी आफूहरुले रकम संकलन गरेको र सो जग्गा दिन तयार भएको वताउनु भएको छ। प्राविधिक हरि घिमिरेका अनुसार सो क्षेत्रको २४० रोपनी क्षेत्रफलवाट ९ रोपनी जग्गा निकालिएको जानकारी दिनुभएको छ।
सो जग्गा व्यावस्थापनको लागी तिर्थराज भट्टराईको अध्यक्षतामा जग्गा व्यावस्थापन समिति तथा प्रेमनारायण भट्टराईको संयोजकत्वमा आर्थिक समिति गठन गरि काम सुरु गरिएको थियो।
वुधवार जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजा, कार्यकारी अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष अर्जुन खरेल लगाएतको टोलीले सो जग्गाको निरिक्षण गर्दै जग्गादाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
निरिक्षण टोलीकै रोहवरमा स्थानिय जग्गाधनी समेत रहेका आचार्यले २ लाख ८० हजार तथा कृष्ण पुनले १ लाख हस्तान्तरण गर्नुभएको थियो। सो क्षेत्रमा गाउँपालिका स्तरीय १५ शैयाको प्राथमिक स्वास्थ अस्पताल निर्माण हुने वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend