logo
  • आइतबार, असोज ११ २०८३

बडिगाड गाउँपालिकाको दोश्रो गाउँसभा खौलारमा सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ पुष १२ ।
वडिगाड गाउँपालिकाको दोश्रो गाउँ सभा बुधवार खौलारमा सम्पन्न भएको छ। सभाले केहि योजनाको संसोधन सहित स्वीकृत गरेको छ। कवाड विक्रिको लागी आह्वान गरिएको न्यूनतम टेन्डर रकम २ लाख ५० हजारलाई संसोधन गरी २ लाख वनाउने निर्णय गरेको छ ।सभाले बडिगाड गाउँपालिका वाट वाहिर वसाई सराई गरि जानेको लागी १० हजार कर लगाउने निर्णय गरेको छ। त्यस्तै सभाले वडिगाड गाउँपालिकावाट वाहिर निकासी हुने पशुहरुमा प्रतिगोटा ५ सय कर लगाउने निर्णय गरेको छ।

त्यस्तै सभाले बडिगाड गाउँपालिका स्तरीय १५ सैयाको प्राथमिक स्वास्थ्य अस्पतालको लागी ग्वालीचौरको रिखेटारीमा मापदण्ड अनुसार ९ रोपनी जग्गा प्राप्त भएकोले सोहि स्थानमा अस्पताल निर्माणको लागी प्रक्रिया अगाडि वढाउने निर्णय गरेको छ।

विगतमा विनियोजन भएको योजनाको समिक्षा गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । सभा गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता तथा कार्यकारी अधिकृत अर्जुन शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend