साझा नेटवर्क
-रवी किरण अधिकारी ।
भगवान श्री महादेवले संसार किन यति महँगो बनाएका होलान् । हावा यिनीले बनाए, माटो यिनीले बनाए । ढुङ्गो यिनीले बनाए, बन जंगल यिनीले बनाए, राम्रो मान्छे यिनीले बनाए नराम्रो मान्छे पनि यिनैले बनाए, केटा-केटि यिनैले बनाए ।
यो धर्तिमा मनोरंजन यिनीले बनाए सबै चिज यिनीको हात अनि फेरी यो संसार किन यति महँगो कस्ले दिन्छ उतर ? अमेरिकालाई सोधे मैले, यहा झन् महँगो छ भन्छ फ्रान्सलाइ सोधे यहा झन् महँगो छ हेर भन्छ ।
जर्मनलाई सोधे यहाँ झन् महँगो छ, भन्छ पोर्चुगललाई सोधे यहा झन् महँगो छ, भन्छ ग्रिसलाई सोधे यहा झन् महँगो छ भन्छ साउदी अरबलाई सोधे यहा त झन् महँगो छ भन्छ, कतारलाई सोधे यहा झन् महँगो छ भन्छ ।
युएईलाई सोधे यहा झन् महँगो छ भन्छ, भारतलाई सोधे भारतको पनि त्यहि उत्तर आयो र आफ्नै जन्म भुमि नेपाललाई सोधे यहा त महँगीका कुरा नगरौ महँगी नै महँगी छ भन्छ, सबै देशलाई सोधे जताततै महँगो छ भन्छ ।
अब म कहा जाम भगवान तपाईले बनाएको देशहरु यति महँगी भए कि गरिबलाई जिउन निकै छ । तपाईलाई म प्रथना गर्दै भन्छु भगवान यो संसार भरिका जनतालाइ राम्रो होस् महँगी भन्ने शब्द हटेर सस्तो शब्द संसार भर छाओस भन्ने कामना गर्दछु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend