logo
  • आइतबार, असोज ११ २०८३

सोलिडारिटी इन्टरनेशनलद्वारा १ हजार बालबालिकालाई छात्रवृति प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, काठमाडौं पुष ११।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले प्रोजेक्ट होप अन्तर्गत नेपालका विभिन्न जिल्लाका सरकारी बिधालयमा अध्ययनरथ एक हजार जेहेन्दार तथा आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।भुकम्प पछीको पुनर्निर्माण अभियानको क्रममा करिब बिस ओटा बिधालय पुननिर्माण गरेको संस्थाले बिगत केही बर्ष देखी प्रोजेक्ट होप सन्चालनमा ल्याएको थियो । गत बर्ष संस्थाले बिभिन्न जिल्लाका करिब छ सय विद्यार्थीलाई सहयोग गरेको थियो । यसवर्ष दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, बाग्लुङ, गुल्मी र नवलपरासीका करिब १००० बालबालिकालाई सहयोग गर्ने सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले साझा नेटवर्कलाई जानकारी दिए। संस्थाले जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई स्कुल पोशाक, स्वेटर, ब्याग, कापी तथा अन्य अती आवश्यक शैक्षिक सामाग्री बितरण गर्दै आइरहेको छ ।

केही दिन अघी मात्रै संस्थाले बाग्लुङको सल्यानमा अवस्थित श्री धौलागिरी प्राथमिक बिधालय र गुल्मीको शन्तिपुरमा अवस्थित श्री उदय माध्यामिक बिधालयमा छात्रवृत्ति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend