logo
  • आइतबार, असोज ११ २०८३

उद्योग बाषिज्य संघ गुल्मीको बैठक विचित्र गुफाभित्र बस्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष ११ ।
गुल्मीको धुर्कोट गाउँपालिका बस्तुमा रहेको विचित्र गुफामा पहिलोपटक गुल्मी उद्योग बाणिज्य संघको बैठक बस्ने भएको छ । तेस्रो गुल्मी महोत्सव प्रचार प्रसार समितिको मंगलबार बसेको बैठकले महोत्सवको प्रचारका लागि गुफाभित्रै बैठक बस्ने निर्णय गरेको हो । त्यस्तै बैठकले महोत्सव सम्पन्न गर्न मिडिया डेस्क, प्रचार–प्रसार उप समिति, जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलको प्रचारात्म गितहरु बनाउने, अफिसियल मिडिया लगायतका विषयमा –प्रसार उप समिति, जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलको प्रचारात्म गितहरु बनाउने, अफिसियल मिडिया लगायतका विषयमा छलफल गरेको छ ।

यससम्बन्धमा छिट्टै जिल्लास्थित सम्पूर्ण रेडियो र टेलिभिजनका संचालक समिति र महोत्सवका पदाधिकारीबिच बैठक बसेर अफिसियल मिडिया तोक्ने, कुर्घाको मन्दिर अवलोकनका लागि जिल्लाटोलि महोत्सव अगाडी नै जाने लगायतका निर्णयहरु पनि बैठकले गरेको महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

तेस्रो गुल्मी यहि चैत १६ गतेदेखि २५ गतेसम्म सम्पन्न हुनेछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारीत ब्यापारको विकास’ भन्ने मुल नाराका साथ तेस्रो गुल्मी महोत्सव सम्पन्न हुनेछ ।

तेस्रो गुल्मी महोत्सव गुल्मी उद्योग बाणिज्य संघको आयोजनामा तथा अन्य ४ सस्थाँको सह–आयोजना रहेको छ । नेपाल उद्योग बाणिज्य महासंघ, जिल्ला समन्वय समिति गुल्मी, रेसुङ्गा नगरपालिका र रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समिति गुल्मीको सह आयोजना रहेको छ ।

समितिले मुख्य प्रायोजकको लागि ५ लाख, प्रायोजकको लागि २ लाख, सह–प्रायोजकको लागि १ लाख र सहयोगि सँस्थाको लागि ५० हजार रकमको प्रस्ताव गरेको छ । त्यस्तै महोत्सवको लागि राखिने विभिन्न स्टलहरुको पनि रकम प्रस्ताव गरेको छ ।

जसमध्ये कपडा स्टलका लागि १५ हजार, फास्टफुड स्टलको लागि ३० हजार, इलेक्ट्रोनिक सामानको लागि १५ हजार र टेलिकमको लागि २५ हजार रुपैँया प्रस्ताव गरेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले जानकारी दिए ।

त्यस्तै कृषि प्रदर्शनी, घरेलु उत्पादन र स्थानिय पुस्तक तथा पत्रिका प्रदर्शनको लागि निशुल्क स्टल राख्न सकिने पनि उद्योग बाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend