साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ११।
गल्कोट नगरपालिका वडा नं. ११ को विभिन्न टोलहरुमा टोलभेला सम्पन्न भएको छ। साविक रिघा गाविसको वडा नं. ३ को तल्लो मझुवा र साविक वडा नं. ६ को अमर्छामा टोल भेला सम्पन्न भएको हो ।
मझुवामा भएको भेलाले वावुराम नेपालीको अध्यक्षतामा मझुवा सिंचाई योजना उपभोक्ता समिति, महाश्रम शर्माको अध्यक्षतामा खारखोला तटवन्ध उपभोक्ता समितिको गठन गरेको छ।
त्यस्तै अमर्छामा भएको भेलाले टेक वहादुर श्रीसको अध्यक्षतामा काउछे गाईघाट सिँचाई उपभोक्ता समिति, वल कुमारी श्रीसको अध्यक्षतामा प्रगतिशिल कृषक समुह, र प्रकाश घर्ति थापाको अध्यक्षतामा एकिकृत खानेपानी मर्मत सम्भार समितिको गठन गरेको छ।
दुवै भेलामा वडा अध्यक्ष डम्वर वहादुर श्रीसले गल्कोट नगरपालिकाले अख्तियार गरेका निति तथा कार्यक्रम तथा कर र सेवाको वारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विक लगाएतको सहभागिता रहेको थियो।
मझुवाको भेला डिलाराम खरेलको अध्यक्षता तथा अमर्छाको भेला पूर्व वडा अध्यक्ष चन्द्र वहादुर श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो भने दुवै कार्यक्रमको संचालन सामाजिक परिचालक चित्रा श्रीसले गर्नुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend