logo
  • शनिबार, भाद्र २० २०८३

विस्व शान्ति पूजा (मोन्लम) सारिएको खबरप्रति अभियानको खेद


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अस्ट्रेलिया पुष १० ।
बिगत २५ वर्षदेखि निरन्तर वुद्ध जन्मस्थल नेपालको लुम्बिनीमा हुँदै आएको विस्व शान्ति पूजा (मोन्लम) यसपालि भने बोधगयामा सारिएको खबरप्रति अभियान खेद प्रकट गर्दछ ।विस्व शान्ति पूजा भनेर विख्यात मोन्लम विगत २५ वर्षदेखि संसारभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र महोत्सव बनेको थियो र, गत वर्ष बुद्धको जन्मथलो लुम्बिनीमा १३ देशका करिब १० हजार लामा र भिक्षुहरू मोन्लम पूजाका लागि भेला भएका थिए ।

अफसोच, त्यो रौनक यो बर्ष भने नेपालको लुम्बिनीमा नभएर भारतको बोधगयामा हुँदैछ ।  गौतम बुद्धको महापरिनिर्वाणपछि बौद्ध भिक्षुहरू तीर्थ यात्राका लागि बुद्ध जन्मेको पवित्र भूमि लुम्बिनी आउन थालेको तथ्य बौद्ध ग्रन्थहरूमा पाइन्छ ।

ईशापूर्व २४९ मा सम्राट् अशोक लुम्बिनी आउँदा यो स्थल बौद्ध तीर्थका रूपमा ख्याति प्राप्त भइसकेको थियो । लुम्बिनीमा भेला भएका टाढाटाढाका बौद्ध भिक्षुहरू यहाँ केही दिन बसी श्रद्धापूर्वक बुद्धको बन्दना गर्दै बुद्धका शिक्षा अर्थात् त्रिपिटकका सूत्र पाठ गरेर बस्थे भने केही ध्यानको अभ्यास गरेर ।

बुद्धले आफ्ना शिष्यहरूलाई सामूहिक रूपमा प्रार्थना या ध्यान गर्नुको विशेष महत्व हुने यथार्थ सम्झाउनु भएको थियो । यही प्रचलन अन्ततः मोन्लमको रूपमा विकसित भएको हो । राष्ट्र संघमा प्रत्येक बर्ष मनाइने गरिएको वुद्ध जयन्तीमा नेपाल अतिथि बनेर जाने गरिएको छ ।

नेपाल वुद्धको जन्मस्थल भएको नाताले पनि कुनै न कुनै रुपमा नेपाल आयोजकको हैसियतमा रहनु पर्ने आवाज पनि अभियानले उठाउँदै आइरहेको संस्मरण गराउँदै २५ वर्षदेखि निरन्तर लुम्बिनीमा हुँदै आएको विस्व शान्ति पूजा (मोन्लम) यसपालि भने बोधगयामा सारिएको कुरामा पनि अभियान बिरोध जनाउँद्छ ।

यस्लाई आगामी बर्षदेखि नेपाल सरकारले यस्लाई पुन: नेपालमा नै आयोजना गर्नेतर्फ प्रकृया अबिलम्ब अगाडि बढाउन नेपाल सरकारलाई अभियान हार्दिक आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend