साझा नेटवर्क
हुमकान्त पोखरेल, गुल्मी पुष ९ ।
‘उज्यालो धुर्कोट कार्यक्रम’ अन्तरगत धुर्कोट गाउँपालिकाभित्रका सम्पूर्ण गरिब तथा असहय परिवारलाई मिटर बक्स र त्यसमा लाग्ने कालो तार निःशुल्क उपलब्ध गराइने भएको छ ।
आइतबार सम्पन्न गाउँसभाले यस्तो विधिलाई पास गरेसँगै धुर्कोटमा रहेका गरिब परिवारले निशुल्क मिटर बक्स पाउने भएको प्रबक्ता कविता विकले बताइन् ।
यसका साथै अब गाउँपालिकाभित्रका सम्पूर्ण सहकारीहरु निशुल्क रुपमा दर्ता गर्ने, शिक्षामा प्रभावकारी रुपमा गाउँपालिकाले अनुगमन गर्ने, बालशिक्षालाई प्रभावकारी रुपले संचालन गर्ने, लगायतका विधेयक पनि गाउँसभाबाट सर्वसम्मत रुपले पास भएको गाउँपालिकाका उपप्रमुख शिव बहादुर खत्री बताए ।
गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपप्रमुख खत्री, कार्यकारी अधिकृत तोपलाल भुसाल, सबै वार्डका जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको स्थानिय पत्रकार शुशिल खनालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend