logo
  • आइतबार, असोज ११ २०८३

व्यवस्थापन राम्रो भए सरकारीले पनि निजी विद्यालयलाई चुनौती दिन सक्छ : ढुंगाना


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

विमल नेपाली, बागलुङ पुष ८ ।
जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष राजेन्द्र ढुङगानाले जनशक्तिलाई सही ढंगले व्यवस्थापन गर्ने हो भने सरकारी विद्यालयले पनि निजी विद्यालयलाई चुनौती दिन सक्ने बताएका छन ।त्रिभुवन माध्यमिक विद्यालय बडिगाड २, खर्वाङको ५८ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले देशमा दुई किसिमको शिक्षा निति रहेको र ती नितिलाई परिवर्तन गरी एक निति निमार्ण गर्नुपर्नेमा जोड दिए । उनले कुनै सकारात्मक कामको सुरुवात एक व्यक्तिबाट र त्यसलाई समुदायले समर्थन गर्नुपर्ने बताए । काम गर्नेको हातमा ठेला पर्ने भन्दै ढुंगानाले विद्यालय नमुना बन्दै गएसँगै चुनौती पनि थपिएकाले ठिक ढंगले व्यवस्थापन गर्दै सम्पुर्ण स्वणिम अवसर नछोडन उनले आग्रह समेत गरे ।

कार्यक्रममा आर्थिक वर्ष २०७३÷७४ को ७५ लाख ४८ हजार ४८ बराबरको विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य ढालमणी भण्डारीले शिक्षा जीवन उपयोगी हुन आवश्यक रहेको बताएका छन । विद्यालयको गुरुयोजना निमार्ण गर्दै विभिन्न नमुना कार्यक्रमहरु अगाडी बढाउने बताउदै उनले हाल कक्षा ८ सम्म सञ्चालनमा रहेको अंग्रेजी माध्यमलाई कक्षा ९ र १० मा पनि सञ्चालन गर्ने, विद्यालयमा घेराबार, विद्यालयको आर्थिक अवस्थालाई सबल बनाउन विभिन्न आर्थिक क्रियाकलाप सञ्चालन गर्ने, बालमैत्री शिक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने लगायतका विद्यालयका आगामी योजना रहेको बताए ।

कार्यक्रमको अवसरमा स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान, साहित्यीक पत्रिका गोधुलीको विमोचन र नेपाल सितोरियो कराँतेको तर्फबाट कराँते समेत प्रस्तुत गरिएको थियो ।

आज सम्पन्न अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा मुसिकोट नगरपालिका ७ मा रहेका गोल्डेन फ्युचर एकाडेमीका जोत्स्ना बस्नेत प्रथम, मुसिकोट कै महेन्द्र आदर्श माविका सौरव खराल द्धितिय, त्रिभुवन मावि खर्वाङका अभय भुजेल तृतीय र जनज्योती मावि मुसिकोट नगरपालिका १ पौदीअमराईका अस्मिता गिरी सान्त्वना भएका छन । प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमशः दुई हजार, पन्ध्र सय, एक हजार र पाँच सय नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा कार्यवाहक वडाध्यक्ष हिमा खराल, नेपाली कांग्रेसका सुवेदार रत्न वहादुर क्षेत्री, राजमोका भिमलाल पोखरेल, सल्लाहकार समितिका सदस्य सुनिल शेरचन, विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा अर्याल, सरकारी कार्यालयको तर्फबाट पशु सेवा कार्यालय खर्वाङका प्रमुख महेन्द्र पन्थी, गैरसरकारी कार्यालयको तर्फबाट चारतारे युवा क्लब (सिवाईसी) वामी शाखाका प्रबन्धन सुवाष नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

१० गतेसम्म सञ्चालन हुने वार्षिकोत्सवको पहिलो दिन आज सटफुट प्रतियोगिता, अन्तर विद्यालयस्तरीय वादविवाद प्रतियोगिता, पिटी प्रदशन लगायतका कार्यक्रम सम्पन्न भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend