logo
  • आइतबार, असोज ११ २०८३

४० जना उम्मेदवारको जमानत जफत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी पुष ७ ।
मंसिर २१ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा ४० जना उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा रहेका प्रतिनिधी सभा तर्फ २ क्षेत्र र प्रदेश सभा तर्फ ४ वटा क्षेत्र रहेको गुल्मीबाट ६ जना निर्वाचित प्रतिनिधीको लागी ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धी बनेका थिए ।उम्मेदवारले कुल खसेको मतको १० प्रतिशत ल्याउनु पर्ने भएपनि त्यो भन्दा कम ल्याएका कारण उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका गणेश बहादुर खत्रीले जानकारी दिए । जिल्लामा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

बामगठबन्धन बाहेक नेपाली काँग्रेसबाट उम्मेदवार बनेकाहरुले मात्रै जमानत जोगाएका छन् । जिल्लाबाट ७ राजनितिकदलबाट प्रतिनिधी सभा र प्रदेश सभाको लागी उम्मेदवार बनेका थिए । जिललाको क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी ११ जनाको उम्मेदवारी रहेको थियो । त्यस मध्ये ९ जनको जमानत जफत भएको छ ।

सोहि क्षेत्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट ९ जनाले उम्मेदवार थिए । जसमध्ये ७ जनाको जमानत जफत भएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ बाट ७ जनाको उम्मेदवार थिए । त्यसमध्ये ५ जनाको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा तर्फ ९ जनाको उम्मेदवार थिए । उम्मेदवार मध्ये ७ जनाको जमानत जफत भएको छ । सोहि क्षेत्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट ८ जना उम्मेदवार थिए । उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ बाट ८ जना उम्मेदवार थिए ।

जस मध्ये ६ जनाको जमानत जफत भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
उम्मेदवारले खर्च बिवरण पेस गर्नु पर्ने निर्वाचन भएर घोषणा भएको मितिले १ महिना भित्र उम्मेदवारले चुनावी अभियानमा गरेको खर्च बिवरण बुझाउनु पर्ने हुन्छ ।

उम्मेदवारले प्रतिनिधी सभा तर्फ २५ लाख सम्म र प्रदेश सभाका उम्मेदवारले १५ लाख सम्म खर्च गर्न पाउने आयोगको प्राबधान रहेको थियो ।उम्मेदवारले धेरै खर्च गरेपनि निर्वाचन आयोगले तोकेको सिमा भित्र रहेर खर्च बिरण बुझाउनु गर्दछन् । तर यसवर्ष उम्मेदवारहरुले अघिलला निर्वाचनमा भन्दा मितव्यायीता अपनाएका छन् ।

आयोगले ठुला व्यानर,पोष्टर,टोपी टिसर्ट जस्ता प्रचार सामाग्रीहरुमा रोक लगानाले पनि उम्मेदवारहरुले कम खर्च भएको छ । उम्मेदवारहरुले प्रचार शैली पनि फरक खालको बनाएर प्रचार गर्ने गर्नाले पनि उम्मेदवारको खर्च कम भएको राजनितिक दलको बुझाई छ ।

गत असारमा सम्पन्न स्थानिय तह निर्वाचनमा उम्मेदवारहरुको ठुलो रकम खर्च गरेका थिए । जिल्लाका केहि उम्मेदवारले खर्च बिवरण बुझाएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend