logo
  • आइतबार, असोज ११ २०८३

बागलुङ जलजलाका मुटु राेगी भन्छन, बाचेर संसार हेर्ने धाेको छ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ  पुष ७ ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा न ४ जलजलाका एक मुटु राेगी भीम बहादुर रेश्मीले अाफु बाचेर संसार हेर्ने ठुलाेे रहर भएकाे बताएका छन । १७ बर्षका रेश्मी गत साउन महिनाबाट काठमाडौ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राेग सगै संघर्षरत जिन्दगी बिताइरहेका छन ।

गरिब घर परिवारमा जन्मेका उनलाई यति बेला उपचारमा अार्थिक समस्या देखिएकाे छ ।
राेगी भीम बहादुरले भने घरमा भएकाे पैसा अाैषधी उपचारमा खर्च भईसक्याे अाैषधी उपचारका लागि खर्च गर्ने पैसा पनि छैन अब म कसरी बाचुँ ।

उनलाई अझै अस्पतालले एक बर्ष सम्म अस्पतालमा राख्नु पर्ने भनेपछि उनकाे परिवारमा झनै अार्थिक पिरलाे बढेकाे छ । सानै उमेरबाट मुटु राेगबाट ग्रहसित भीमबहादुर बुवा; शिव बहादुर भन्छन सानै उमेरमा छाेरालाई मुटु राेग लाग्याे भएकाे सम्पति पनि सकियाे अब छाेरालाई के ले बचाउने ?

समस्या भयाे त्यसैले अार्थिक संकलन अभियानमा लागेका हाैँ उनले भने । जलजलामा जन्मेका भीमबहादुर अहिले मुटु राेगका कारण उनले कक्षा १० बाट पठाईलाई अगाडि बढाउन सकिरहेका छैनन् ।

उनकाे परिवारले राेगी भीम बहादुरकाे उपचारका लागि ९८६६८०५२०८ सम्पर्क गरी अार्थिक सहयाेग गर्न समेत अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend