साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ७।
त्रिभुवन माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ मा भोली देखि हुने ५८ औं वार्षिकोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
सनिवार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले उद्घाटन गर्ने कार्यक्रममा उपप्रमुख विष्णु भुसाल, बडिगाड गाउँपालिका प्रमुख मेयरसिंह पाईजा, उपप्रमुख अम्मर वहादुर श्रीस, वडा अध्यक्षहरु लगाएतका सहभागिता रहने विद्यालयले जनाएको छ।
कार्यक्रममा जननिर्वाचित प्रतिनिधिहरुलाई विद्यालयले सम्मान गर्ने जनाएको छ। त्यस्तै सनिवार नै अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता, अन्तरसदनात्मक विविध प्रतियोगीता हुने तथा कार्यक्रमको लागी आवश्यक सवै तयारी पुरा भएको सहायक प्राचार्य शिव पोखरेलले जानकारी दिनुभएको छ। सोहि कार्यक्रमको अवसर पारेर गोधूलि पत्रिकाको समेत विमोचन हुने भएको छ।
दरम वडिगाड साहित्य संगमका सचिव महलाल पौडेलका अनुसार पत्रिकाको १६ औं अंक सनिवार विमोचन गर्न लागिएको हो । २०६१ साल देखि प्रकाशित हुँदै आएको गोधूलि केहि समय रोकिएको थियो। हाल बडिगाड गाउँपालिकाले समेत सहयोग गर्ने भएपछि पत्रिका पुन प्रकाशनमा आएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend