logo
  • शुक्रबार, साउन ८ २०८३

पिडित माझीहरु न्याय खोज्दै सदरमुकाममा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी, पुष ६ ।
गुल्मीको दरबार गाउँपालिका वलिथुममा बसोबास गर्ने माझीहरु न्याय खोज्दै सदरमुकाम तम्घासमा आएका छन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आइ निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मासँग न्यायका लागि अपिल गरेका थिए । लोकबहादुर राकसकोटि र कमल थापा लगायतका व्यक्तिहरुले आफूमाथि कुटपिट गरेको भन्दै किटानी जाहेरीसमेत दिएका माझीहरु निमित्त प्रमुख जिल्ला अधिकारी समक्ष सुरक्षाको समेत माग गरेका छन् । चुनावको बेला कांग्रेस लाई भोट दिने तिमी हौ भन्दै मलाई कुटे मनिकला माझी रुदै भन्छिन् ।

बुढाबुढी पनि भनेनन बच्चाबच्ची पनि भनेनन एकादम्म हामी सबैलाई कुटे प्रेम बहादुर माझि भन्छन् । सहरी बिकास कार्यक्रम अन्तर्गत बन्न लागेका घरहरू इन्जिनियर सरले भनेअनुसार बनाएका छौं तर हामीलाई यो छड् भएन त्यो गारो भएन भन्दै दुःख दिइरहेका छन् ।

सरकारी योजना मा चन्द्र भण्डारीको पहलमा वन्न लागेको स्कूल समेत निमार्ण गर्न समेत अवरोध गरेको माझीहरु बताउँछन् । वलिथुमबाट आएका ४० जनाभन्दा बढी माझीहरूको कुरा सुनेपछि निमित्त प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माले दोषीहरुलाई कारबाही गरिने र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने आश्वासन दिएपछि माझीहरु घर फर्किएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले माझीगाउँमा भएको घटनाको छानबिन गरी दोषीहरुलाई कारवाही गर्नको लागि माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend