साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ६ ।
जिल्ला समन्वय समिति बागलुङको तर्फवाट सामाजिक परिचालकहरुको कामको अनुगमन तथा समिक्षा गरिएको छ । आज वडिगाड गाउँपालिका भित्रका सामाजिक परिचालकहरुले २०६४ साल देखि हाल सम्म सामाजिक परिचालनमा पुर्याएको काम सहित समिक्षा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष विष्णु भुसाल, वडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाईजा, जिल्ला समन्वय अधिकारी राम प्रसाद आचार्य, वरिष्ट कार्यक्रम अधिकृत भेषराज शर्मा, लेखा अधिकृत महादेव सापकोटा, वडिगाड गाउँपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, वडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुन, वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रममा सामाजिक परिचालनको समन्वय गरिरहेको संस्थाको तर्फवाट ग्रामिण जागरण मञ्च कि कमला शर्मा, सामाजिक परिचालकहरु सिर्जना खरेल, गिता पोखरेल, भुपाल हितान, रमेश वुढा, देवि घर्ति ले आफ्नो अनुभव सहित हाल सम्मको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिको टोलीले सामाजिक परिचालनको क्षेत्रमा सामाजिक परिचालकहरुले पुर्याएको योगदानको चर्चा गर्दै धन्यवाद व्यक्त गरेको छ। त्यस्तै टोलीले फिल्ड अनुगमन समेत गरेको छ। टोलीले विहान ढोरपाटन नगरपालिकाको वडा नं. १ सिमलचौरमा र दिउसो वडिगाड गाउँपालिका वडा नं. ५ को ग्वालीचौरमा रेमी धैरेनी नागरिक सचेतना केन्द्रको अनुगमन गरेको हो।
सचेतना केन्द्रले टोलीलाई भव्य स्वागत गरेको थियो। सचेतना केन्द्रमा भएको कार्यक्रम केन्द्रका अध्यक्ष टेक वहादुर विकको अध्यक्षता तथा सामाजिक परिचालक सिर्जना खरेलको संचालनमा सम्पन्न भएको थियो। समन्वय समितिको सो टोलीले शुक्रवार गल्कोट नगरपालिकामा अनुगमन तथा समिक्षा गर्ने जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend