साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी पुष ६ ।
रेसुङ्गा अस्पतालमा उपचारको क्रममा मंगलबार राति ज्यान गुमाएका एक ब्यक्तिको मृत्युको सन्दर्भमा अस्पतालले पत्रकार सम्मेलन गरेर बचाउ गरेको छ । मृत्यु कुनै नियतबस नभएको भन्दै प्राविधिक कारणले भएको अस्पतालको भनाई छ ।
बिहिबार अस्पतालमै पत्रकार सम्मेलन गरी अस्पतालमा अहिलेसम्म गरिएका अप्रेसनहरुको बारेमा समेत जानकारी गराइएको थियो । कुनै पनि काम गर्दा जोखिम मोलेरै गर्नुपर्ने भएकोले यो घटना पनि जोमिममै गरेको अस्पतालको भनाई छ ।
‘जोखिमका बिचमा नै हामिले अप्रेसन गरेका हौँ ।’ उपचारमा संलग्न डाक्टर प्रकाश पुनले भने, ‘उहाँको मृत्यु संयोगमात्रै हो ।’ सामाजिक संजालहरुमा भाइरल बनेका तस्वितरहरुको गलत अर्थ लगाइएको उपचारमै संलग्न डाक्टर यम पुनले अस्पतालले दातँको अप्रेसन गर्दा कहिल्लै पनि टाँका लगाउन नहुने बताएको छ ।
मृत्युपछि पिडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने भनेपनि अस्पतालले भने क्षतिपूर्ति रकम ५ लाख मात्र तोकिएको जनाएको छ । ५ लाख क्षतिपूर्ति घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले थप ५ लाख परिवारलाई सहयोग गरेको अस्पताल संचालक समितिका शेर बहादुर थापाले बताए ।
अस्पतालमा दातँको औषधी गराउन गएका गुल्मी जिल्ला मालिका गाउँपालिका वार्ड नम्बर ६ अर्जेका शिवलाल अर्यालको मंगलबार अस्पतालमै ज्यान गएको थियो । डा. पुन, डा. भुजेल र विक्रम बस्नेतले उपचार गर्ने क्रममा मंगलबार राति ८ बजे अर्यालको अस्पतालमै ज्यान गएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend