साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
कतारमा प्रवासी श्रमिक दिवस डिसेम्बर १८ को अवसर पारेर श्रमिकहरुको सहयोगार्थ प्रथम जिफण्ट धमाका -२०१८ हुने भएको छ ।
नेपाली प्रवासी श्रमिक सँघ कतारको आयोजनामा आगामी जनवरी ५ तारिख डल्ला ड्राईभिङ एकेडेमीको सभाहलमा विभिन्न ख्याती प्राप्त कलाकारहरुको बेजोड साँस्कृती प्रस्तुती सहित विभिन्न पिडित श्रमिकहरुको सहयोगार्थ श्रमिक दिवस मनाईन लागेको हो ।
उक्त प्रथम जिफण्ट धमाकामा प्रख्यात लोक गायक तथा मोडल पुस्कल शर्मा प्रमुख आकर्षण रहने छन । त्यस्तै नृत्यङ्गना चन्दा दाहाल, लोक तथा आधुनिक गायिका तारा श्रीस, लोक तथा दोहोरी गायिका बिष्णु श्रीपाली, प्रख्यात लोकदोहोरी गायिका देबिका केसीको दमदार प्रस्तुती रहने भएको छ ।
यस्का अलवा जनसँगीत मञ्च कतारका कलाकारहरुको प्रस्तुती सँगै कतारमा रहेका स्थानिय कलाकारहरुको उत्कृष्ठ प्रस्तुती रहने बताइएको छ । उक्त धमाकालाई प्रवासी नेपाली मञ्च कतार, जनसँगीत मञ्च कतार, गुल्मी सेवा समाज कतार, वसन्त फिल्मस प्रालि, अमरज्योती युवा समाज लगायतका सँस्थाहरुले सहयोगी भुमीका निर्वाह गर्ने भएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend