साझा नेटवर्क
प्रेम सुनार, गुल्मी पुष ४।
गुल्मीको धुर्कोट गाउँपालिकाले अन्य स्थानिय तहले भन्दा गरिव किशानका पक्षमा वेग्लै पहिचान दिने गरी काम गर्दै आएको छ । सो गाउँपालिकाले हालै गरेको निर्णय अनुसार अव त्यस गाउँपालिका भित्रका सबै गरिब र असहाय परिवारलाई मृत्युपछि क्रियाखर्चस्वरुप १० हजार रुपैँया उपलब्ध गराइने भएको छ ।
सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको गपोखरेलले जानकारी दिए । पोखरेलले भने –‘हामीले यसै गुल्मीका विभिन्न स्थानमा सुन्दै आएका छौ कि मृत्यु हुँदा गरिव परिवारका सदसयहरुले चन्दा उठाएर किरिया खर्च उम्काउन परेको कुरा त्यसैलाई दृष्टीगत गरी त्यस्ता परिवारलाई दश हजार रुपैयाँ तत्काल उपलव्ध गराउने निर्णय गरेका हौं । ’
उनले गाउँपालिकाको पहिलो काम गरिवी निवारण, आधुनिक र व्यवसाीक कृषि र अन्य सिप विकासबार्टै रोजगारी सिर्जना गर्ने र गाउँबासिका समस्यासँग स्थानिय सरकार नजिक रही नमुना धुर्कोट गाउँपालिका निर्माण गर्ने उदेश्यले गाउँकार्यपालिकाले यस्ता निर्णयहरु गरेको गाउँपालिका प्रमुख पोखरेलको भनाई छ ।
उपप्रमुख शिवबहादुर खत्रीका अनुसार अरु थप निर्णयहरु समेत गरेर विशेष गरी कृषि र पशुपालनबाट गाउँको मुहार फेर्ने योजना अगाडी सारिएको छ । खरका झुपडीमा टिनको छाना लगाई दिने अभियान, कटुवाललाई तलव र गरिवलाई किरिया खर्च दिने यो पछिल्लो निर्णय सम्भवत देश मै पहिलो पटक गरिएको यहाँका सरकोरवालाको विश्लेषण रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend