logo
  • शनिबार, साउन ३० २०८३

“सुपर प्लस साईज मोडल नेपाल”को दोस्रो अडिसन पौष १५ गते


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ पुष ३।
ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट ब्यबस्थापनमा “सुपर प्लस साईज मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ । “सुपर प्लस साईज मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको लागि यहि आउदो पौष १५ गते रोस्यो क्याफे नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिनको ३ बजेसम्म दोश्रो अडिसन हुने युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले गराए । पहिलो अडिसन बाट यस सौन्दर्य प्रतियोगिताको लागि ९ जना “सुपर प्लस साईज मोडल” प्रतियोगीहरु छनौट गरिएको जानकारी पनि उनले गराए । यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधैपछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको ओमनिया द हिडन बिउटिकि संचालिका प्रियंका बोथ्राले जानकारी गराएकि छिन ।

ओमनिया द हिडन बिउटिले आयोजना गर्न लागेको यस प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले ओमनिया द हिडन बिउटिको सम्पुर्ण आउट्लेट तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको कार्यालय डिल्लीबजार तथा फेसबुक पेजबाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन ।

प्रतियोगितामा भाग लिनको लागि १६ देखि ३५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ । उक्त प्रतियोगिताको बिजेताले नगद रु २५००० (पच्चीस हजार) सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ ।

जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend