logo
  • आइतबार, असोज ११ २०८३

जिल्ला प्रहरी कार्यालय तम्घास गुल्मीमा गुनासो संकलन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, गुल्मी पुष ३।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज गुनासो संकलन कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी उक्त कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो ।

उक्त कार्यक्रममा सेवाग्राहीबाट प्राप्त गुनासो तथा सुझावहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय, र कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend