logo
  • शनिबार, भाद्र २० २०८३

छोर्गे बचत तथा ऋण सहकारी संस्थाको बनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रेशम राना मगर, कतार ।
गणेश हिमाल बाल बिकाश केन्द्र द्वारा संचालित छोर्गे बचत तथा ऋण सहकारी संस्थाले मिति २०१७ डिसेम्बर ८ तारीख शुक्रबारका दिन यस सहकारी बिदेश बिभाग प्रमुख तथा कार्यक्रम संयोजक रेशम राना मगरको सभापतित्वमा र संस्थाका केन्द्रिय अध्यक्ष एक्का ( योगेन्द्र ) तामाङको प्रमुख अतिथ्यमा सहानियाको अल दोसरी फेमिली गार्डेनमा रमाइलो बनभोज तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा विशेष अतिथिहरुमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका प्रथम उपाध्यक्ष लिलम्बर चिदी मगर , संस्थापक तथा केन्द्रिय सदस्य राज गोले तामाङ , केन्द्रिय सदस्य दिर्घ बुर्जा मगर, नेपाल मगर संघ, शाखा कतारका केन्द्रीय सदस्य नरेश सिन्जाली मगर, स्याङ्जा सेवा समाजका अध्यक्ष धनजय लम्साल, गुल्मी सेवा समाज कतारका अध्यक्ष बुद्ध पाण्डेका, साथै कतारमा स्थापित संघ, संस्था, बुद्धिजीवी , समाजसेवी, ब्याबसायी तथा कलाकारहरु थिए । कार्यक्रम लाई दिप प्रजवलन र ब्यानर अनावरण सभापति, प्रमुख अतिथि, विशेष अतिथी, र अतिथिहरु बाट सुरु गरेका थिए भने कार्यक्रममा नेपाली राष्ट्रिय गान र सहिदहरु लाई सम्झाना स्वरुप १ मिनेट मौनधारण गरेका थिए भने कार्यक्रममा उपस्तिथ सम्पुर्णलाई संस्थाका केन्द्रिय सदस्य दिर्घ बुर्जा मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए । भने कार्यक्रमका संचालन सदस्यहरु बिजय मगर र सुबोध ज्ञालन तामाङले गरेका थिए ।कार्यक्रममा लोक तथा दोहरी गायक रित कुमार श्रेष्ठ आफ्नो गित चाख्न बाकी छ, जुरेली चरी जस्ता गितले उपस्थित सम्पुर्ण लाई नचाएका थिए , नृत्यकार दिल मगरका साथमा नेपाल तामाङ कलाकार संघ, शाखा कतारको कलाकार हरुले आफ्नो उत्कृष्ट प्रस्तुतिहरु रखेर सम्पुर्णलाई मनोरंजन दिएका थिए ।अतिथी मितेरी समाज यु ए इ का संस्थापक , प्रेम रिजाल बिशेष अतिथिहरु, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, स्याङ्जा सेवा समाजका अध्यक्ष धनजय लम्साल, संस्थापक तथा केन्द्रिय सदस्य राज गोले तामाङले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एक्का (योगेन्द्र) तामाङले संस्था स्थापन देखिको संस्थाले गर्दै आएको काम र यसको भावी योजनाका बारेमा उपस्तिथ रहेका हरुलाइ जानकारी गराउनु भएको थियोे ।अन्तमा कार्यक्रमका संयोजक तथा बिदेश बिभाग प्रमुख रेशम राना मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण साथै कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई भब्य र सभ्य रुपले सम्पन्न गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend