logo
  • शुक्रबार, असोज ९ २०८३

दुई कुराले ठगीएका गायक बैकुण्ठ महत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी पुस २ ।
लोक तथा दोहोरी गायक बैकुण्ठ महतले नयाँ लोक दोहोरी गीत सार्बजनिक गरेका छन् । मायाँ प्रेममा आधारित कथा बस्तुमा आधारित गीत ‘दुई कुराले ठग्यो’ गीत सार्बजनिक गरेका छन् । गायक महतले लोक बिधामा धेरै खालका कथाबस्तुमा गीतहरु ल्याउने गरेका छन् ।

लोक गीत मार्फत उनले देशको समसामहिक गीतहरु पनि ल्याएका छन् । कतिपय गीतहरु उनका सन्देश मुलक र देशभक्तिपूर्ण गीतहरु पनि ल्याउने गरेका छन् ।
जवानी आएसँगै रुप र मायाँले ठगेपछीका शब्दभावहरु रहेर गीत तयार गरिएको गायक महतले बताए ।

मान्छे राम्रो हुनु पर्ने, प्रेम सफल हुनुपर्ने तर त्यसो नभएको कथाबस्तु गीतमा समाबेश रहेको छ । जिन्दगीमा रुप नहुँदा मायाँ प्रेममा पनि ठगिनु पर्ने शिर्ष गीतमा समाबेश छ ।
रुपमा राम्रो नहुँदा कसैले पनि नहेरेका कथाबस्तु गीतमा रहेको छ । दिनरात ऐनाहेरेर दिन रात बितेपनि राम्रो नदेखिए पछी दर्जन ऐन फुटालेको गीतमा रहेका शब्दमा उल्लेख छ ।

गीतमा शिर्ष भाका :

चौतारीको लहरे पिपल, ओझेलै पार्यो बरको छायाँले
जिन्दगीमा मलाई दुई कुराले ठग्यो,
एउटा आफ्नो रुपैले हौ अर्को मायाले ।।

लोक दोहोरीमा पञ्चेबाजा मिसाएर निकै मर्म स्पर्शी शब्द रहेको गीतमा हास्यब्याग्य कलाकारहरुको अभिनय समेत समाबेश गरिएको छ । गीतमा गायक बैकुण्ठ महत र पूर्णकला बिसीको स्वर रहेको छ । प्रल्हाद सुबेदी र बैकुण्ठकै शब्द रहेको गीता लय बैकुण्ठकै रहेको छ ।

उक्त गीत बरदान डिजिटल प्रालिले बजारमा ल्याएको छ । ‘मागेजति बरदान पाको भा’ एल्बमबाट साँगीतिक फाटमा हुमीएका महतका दर्जनौ गीतहरु बजारमा आएका छन् ।

‘जाउँ है माया बटौली गाउँतिर,’ ‘औंठी स्वयम्बरको’, धोका दिन सख्त मनाही छ, दोस्ती पुरानो, दुनियाँलाई घात नगर, रेडियोमा गीत सुनेर, मिसकल हाने पुग्छ, मान्छेको जिन्दगानी, के छ तिम्रो ईच्छा, घाटाको कारोबार, पानी जहाज जस्ता चर्चित गीतहरु महतका बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend