logo
  • आइतबार, असोज ११ २०८३

बागलुङमा अपाङ्ग महिलाकाे शव फेला, बलात्कार गरि फालिएको अाशंंका


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ पुष २ ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा न. ७ भीङगिठेमा एक महिलाकाे सव वेवारिसे अवस्थामा फेला परेकाे छ ।

गुल्मी साविकको नेटा गाविस हाल मुसिकाेट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दाेवाटा कमल अधिकारीकाे घरमा बस्दै अाएकी शारिरक रुपमा बाेल्न नसक्ने अन्दाजी ५५ बर्ष कि नाम सीता लाटि जिसी महिलाकाे शव शनिबार राती ११:४५ बजे भीमगिठे थाम्का डाडाकाे जङ्गलमा वेवारिसे मृत अवस्थामा शव प्रहरीले भेटाएकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एस.पि) दिपक रेग्मीका अनुसार महिलाकाे शरिरिमा कपडा नभएको अबस्थामा भेटिएका; कारण बल्तकार गरी हत्या गरेर फालेकाे हुन सक्ने बताउनुभयाे । राति अबेरसम्म पनि घरमा नअाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले भीमगिठे बसेर कुलाेमा काम गर्ने २ जनालाई अनुसन्धानका लागी पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेकाे छ । उनिहरुलाई थप अनुसन्धानकाे लागि अाज जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend