साझा नेटवर्क
साझा नेटवर्क,बुटवल मंसिर २६ ।
प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धन साझा उमेदवार नेकपा माओवादी केन्द्र बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी विजयी भएका छन् ।
गणना अनुसार वाम गठबन्धनका उम्मेदवार रायमाझीले ५०८३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका छन् । रायमाझीले कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका हुन् । प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर विसीलाई द्रोसो पटक पनी पराजय गरेका छन् ।
डा. वि.सी २०७० सालमा झिनो मतान्तरले पराजय हुदैँ रायमाझीले जित हात पारेका थिए, भने अहिले पनि रायमाझीले विसीलाई नै भारी मतान्तर सहित पराजय गरे । पटकपटक मन्त्री तथा पुर्व उपप्रधानमन्त्री समेत भएका रायमाझीलाई तेस्रो पटक अर्घाखाँची बासीले भारी मतले विजयी बनाए ।
२०३३ सालदेखी सक्रिय राजनितिमा रहेका विसी द्रोसो पटक पनी रायमाझीसँग नै चुनावी मैदानमा थिए, २०७० मा झिनो मतले हारेका विसी अहिले धेरैको मतान्तरले पराजय भए ।
टोप बहादुर रायमाझीको बारेमा
२०१७ सालको कार्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका नेता रायमाझीले माध्यामिक तहसम्मको शिक्षा जनज्योति मावि अर्घाखाँचीबाट पूरा गर्नुभएको हो ।
काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक गरेका नेता रायमाझीले २०३४ सालदेखि कम्युनिष्ट राजनीति थाल्नुभएको हो । २०५२ सालदेखि भएको सशस्त्र युद्धमा नेता रायमाझी लडाकु नेता रायमाझीले ५ वर्ष भूमिगत र २ वर्ष बन्दी जीवन बिताउनुभएको छ ।
२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा उहाँ अर्घाखाँची १ बाट सांसद बन्नुभएको थियो । उहाँ २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि विजयी हुनुभएको थियो ।
माओवादीका प्रभावशाली नेता समेत रहेका रायमाझीले २०३० सालमा विद्यार्थी आन्दोलनमा भुमिका खेलेका युवा संघको केन्द्रीय अध्यक्ष, पार्टीको पोलिटव्युरो, स्थायी कमीटी सदस्य हुदैँ केन्द्रीय सचिव सम्म भएर काम गरेको बताए ।
नेपाल सरकारको विभिन्न मन्त्रालयमा ४ पटक मन्त्री भएर काम गरेका रायमाझी ओली सरकारमा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री भएर काम गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend