logo
  • शनिबार, साउन ३० २०८३

समाज सेवा अभियान रुपन्देही कतारले छैठौं साधारणसभा गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार अविरल पन्थी, कतार ।
समाज सेवा अभियान रुपन्देही कतारले छैठौं साधारणसभा आयोजना गर्ने भएको छ । समाजले उक्त साधारणसभा आगामी २२ डिसेम्बर २०१७ शुक्रबारका दिन कतारको औधोगिक क्षेत्र सनैया स्थित ग्राण्डमल नजिकै रहेको एमआरए रेस्ट्रुरेन्टको सभाहलमा आयोजना गर्ने भएको हो ।प्रवासमा कार्यरत रुपन्देही जिल्लावासी तथा गैर रुपन्देही बासी नेपालीहरुका दु:ख, पिडामा साथ र सहयोगका लागि सन २००९ डिसेम्बर १८ तारिखका दिन समाजको स्थापना भएको र यसै जन्मोत्सवका अवसरमा छैठौ साधारणसभा सम्पन्न गर्न लागेको समाजका अध्यक्ष डिल्लीराम भट्टराईले साझा नेटवर्कलाई जानकारी दिएका छन् ।

समाजले साधारणसभाको पुर्व सन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।पत्रकार सम्मेलनमा बोल्दै भटराइले समाजसेवा अभियान रुपन्देही कतारले विगतमा सम्पन्न गरेका हरेक कार्यक्रमहरुमा सहयोग पुर्याउने सम्पूर्ण संघ, सस्था र व्यक्तित्वहरु प्रती आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताए ।

समाजले रोजगारीका शीलसिलामा कतारमा रहनु भएका रुपन्देही वासी तथा गैर रुपन्देही वासीहरुलाई कार्यक्रममा उपस्थितका लागि अनुरोध गरेको छ । कतारमा स्थापित विभिन्न वैचारिक, सामाजिक, संघ सँस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, मिडियाकर्मी लगायतलाई निमन्त्रणा गरि सकिएको र कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै समाचारलाई आधारमानि कार्यक्रममा उपस्थित भईदिन आग्रह गरेको छ ।

साधारणसभाका संयोजक तथा सस्थाका सचिव रामलाल पराजुली “कुसुम” ले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र दोहामा स्थापित नेपाली संघ, संस्था र व्यक्तिवहरुको उल्लेख्य उपस्थिती रहने अपेक्षा गरेको बताए । कार्यक्रममा साँस्कृतिक प्रस्तुतीहरु समेत रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend