logo
  • शनिबार, भाद्र २० २०८३

राहुल गान्धी अध्यक्ष निर्विरोध चयन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

भारत, मंसिर २५ ।

राहुल गान्धी भारतको कांग्रेस दलको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। नेहरु -गान्धी परिवारका सदस्य राहुलको उम्मेद्वारीलाई सोमबारको निर्धारित समयभित्र कसैले पनि चुनौती दिएन। सो उम्मेदवारीमाथि दावी विरोध गर्ने अन्तिम दिन सोमबारसम्म थियो।

राहुलले ‌औपचारिक रुपमा शनिबार देखि पदधारण गर्ने छन्। यसबारे घोषणा गर्दै कांग्रेसका नेता मुल्लापाल्ली रामचन्द्रनले भने, “एक जना उम्मेद्वार मात्र मैदानमा छन्। त्यसैले म भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदमा राहुल गान्धी निर्वाचित भएको घोषणा गर्दछु।”

कांग्रेस दल समयअनुसार चल्न संघर्ष गरिरहेको भनिएका बेला ४७ वर्षीय राहुलले भारतमा १३२ वर्ष पुरानो दलको नेतृत्व सम्हाल्न लागेका हुन्। १३ वर्ष अघि उनले भारतको गान्धी परिवारको प्रभाव क्षेत्र मानिएको अमेठीबाट उम्मेद्वारी दिएर जितेसंगै राजनीतिमा प्रवेश गरेका हुन्।

त्यसयता राहुललाई राजनीतिक हलचलबाट टाढा रहन रुचाउने अनिच्छुक नेताका रुपमा हेरिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend