logo
  • शनिबार, असोज १० २०८३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर भन्छन्, पार्टीभित्रको कमजोरीका कारण कांग्रेसले चुनावमा पराजय भोग्नु पर्याे


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 साझा नेटर्वक/ २५ मंसिर, डोटी ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले पार्टीभित्रको कमजोरीका कारण कांग्रेसले चुनावमा पराजय भोग्नु परेको बताएका छन ।

नेपाल प्रेस युनियन डोटीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बलायरले उक्त कुरा बताएका हुन । डोटीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार समेत बनेका बलायरले पार्टीभित्रका केही नेताहरुले आफ्नै उम्मेदवारहरुलाई हराउन खुलेरै लागेको आरोप लगाए । ‘यस्ता व्यक्तिहरु पार्टीमा राखिराख्न जरुरी छैन’ मन्त्री बलयारले भने ‘पार्टीको केन्द्रीय सदस्यको हैसियतले मैले त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्न निर्देशन समेत दिइसकेको छु ।’

अव कांग्रेसले आफुलाई सच्याएर लैजानु पर्ने बलायरको भनाइ छ । उनले भने ‘संगठनिक संरचनालाई फराकिलो बनाउँदै जनताका बिचमा गएर कांग्रेस सक्रिय हुन्छ, अवको पाँच बर्ष मेरो पूरा समय डोटेली जनताका लागि हुनेछ ।’

वाम गठबन्धनले चुनावमा अनेक हत्कण्डा प्रयोग गर्नु कांग्रेसको अर्को हारको कारण भएको बलायरको भनाई छ । उनी भन्छन् ‘वाम गठबन्धनले मूल्य मान्यताको राजनीति छोडेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका कारण हामीहरु हार्नु पर्‍यो ।’
वाम गठबन्धनले कांग्रेसलाई शत्रुको रुपमा हेरेको बलायरको आरोप छ । ‘हामी हिजो परिवर्तनका सहयात्री हौं, कांग्रेस कम्युनिष्टहरु मिलेर देशमा राजनीतिक परिवर्तन आएको हो’ बलायरले भने ‘तर, अहिले कम्युनिष्टहरुले कांग्रेसलाई एक्ल्याउने काम गरेका छन ।’

अहिलेको वाम गठबन्धनले जनताको महत्वकांक्षा बढाएको बताउँदै बलायर भने ‘वाम गठबन्धनको पनि महत्वकांक्षा बढेको छ, यदी जनताको महत्वकांक्षा अनुसार काम गर्न सक्यो भने त ठिकै हुन्छ तर आफ्नो महत्वाकाँक्षा पुरा गर्न थाले भने समस्या हुन्छ ।’

कांग्रेसले नयाँ बन्ने सरकारको एक सय दिनसम्मका गतिबिधिहरु हेर्ने र त्यसपछि गुण र दोषको आधारमा समर्थन वा बिरोध गर्ने बलायरले बताए ।

आफू पराजित भएपनि आफूले निर्वाचनमा उठान गरेका सवै एजेण्डाहरुलाई यो पाँच वर्षभित्र पूरा गर्नेतर्फ आफू प्रतिवद्ध रहेको बताउँदै बलायरले भने ‘प्रदेश नं. ७ को राजधानी दिपायल बनाउन लागि पर्नेछु ।’ कांग्रेसको हारसंगै प्रदेश नं. ७ को राजधानी दिपायल हुनेमा पनि चुनौती थपिएको बलायरको भनाइ छ । उनले राजधानीका लागि जनताले दवावमुलक आन्दोलन गर्नु पर्ने र त्यसको नेतृत्व आफूले गर्ने बताए ।

कार्यक्रममा डोटी प्रदेश सभा (ख) का उम्मेदवार योगेन्द्र शाहीले मतगणनाको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय बद्मासी गरेको आरोप लगाए । उनले भने ‘मत गणनाका क्रममा जवरजस्ती हाम्रो मत घटाउने काम भएकोले नैतिकताका आधार हामीले मतगणना समेत बहिस्कार गर्‍यौं ।’

शाहीले कानुन अनुसार ५० वा एक सय मतको मात्रै एक मुठा बनाउनु पर्ने व्यवस्था भएपनि कर्मचारीहरुले जवरजस्ती एक सय ५० को मुठा बनाई एक सय मात्र गनेको आरोप लगाए ।

‘कर्मचारीहरुको बद्नियत देखिएपछि हामीले पुनः मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतलाई निवेदन दियौं’ शाहीले भने ‘तर मुख्य निर्वाचन अधिकृतले पुनःमत गणना नहुने भनी रुपमा जानकारी गराएपछि बहिस्कार गर्ने निर्णय गरेका हौं ।’ उनले कानुनी उपचारका लागि कानुन व्यवसायी र पार्टीका नेताहरुसंग परामर्श गरि निर्णय गर्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend