logo
  • शनिबार, भाद्र २० २०८३

प्रचण्ड र केपी ओलीलाई खाडीबाट चिठी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-रवी किरण अधिकारी।
नेपालको लागि इतिहासको पानामा नाम लेख्ने छ । हुन त मान्छे मरेपछि मात्र मुर्ति बनाइन्छ तर तपाई जिउदो हुदा नै आफ्नो मुर्ति हेरेर मात्र तपाईहरुको सास जाओस यो पापी संसारका नेताहरुले धोका पो दिने हुन् कि ? त्यसैले यो कुरा राखेको मैले जस्तो चाइनामा माओ सतुंगको संग्रहालय बनाएको छ । त्यस्तै नेपालमा पनि NRN को पहलमा तपाईहरुको मुर्ति थानकोटमा बनाउनको लागि आग्रह गर्दछु । तपाई २ जनाको बनाउनु पर्छ सबै देशका मान्छेहरु हेर्न आउन यीनिहरुको हस्ती को हुन् भनेर ।

सम्मान होस् देश र जनताको,

नमस्कार कमरेडहरु तपाईहरु जस्तो महान व्यक्ति हुनुहुन्छ तपाईहरुले यो देशको लागि गरेको यो महान काम अब नेपालीले कहिले भुल्ने छैनन् । यो ७० सालदेखि चल्दै आएको यो नानी पाउने सरकारलाई बदलेर ५ सालको सरकारमा लैजाने काम सानोतिनो थिएन । त्यो गोरेटोमा पुराउने तपाईहरुको टिमलाइ जनताले सलुट हानेका छन् ।

यो देशमा अब अस्थिरताको सरकार आयो भनेर जनताहरु धरै खुसि भएका छन् । अब हाम्रो देशमा विकास र निकास हुनेछ, तपाईहरुले गरेको यो बलिदान जनताले कहिले तिर्न सक्दैनन् प्रचण्ड जी र केपी ओली जी । तर नेपालमा १० सालमा भएका शहिदहरु १७ हजारको आखाबाट अब आशु होईन मोति आउने छ ।

उनिहरुको सपना पुरा भो अब जति पनि द्वन्द कालमा सहिद हुनु भएका परिवारहरु तपाईहरुले पनि यो देशको लागि निकै ठुलो हातले गर्दा यो देस ले ५ साल को सरकार पायो र सबै नेपालीलाई समान रुपले हेर्ने चस्मा दिनु भो उहाहरुलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

अब यो देशले राम्रो सास फेर्छ कि भन्ने आशा जनतामा जागेको छ, विकासका ढोकाहरु खुल्ने छन् र सबै नेपाली जनताले आफ्नो देशमा रोजगार पाउने छन् । सबै नेपालीको सपना अब पुरा हुन्छ कि जस्तो छ, अब खाडी मुलुकबाट आउने दैनिक ३ लासले पनि केहि रोकावट हुन्छ जस्तो लागेको छ ।

यो देश हाक्ने गिरिजा बाबुले देशलाई ५ सालको सरकार चलाउने गराई दिएको भए आज यति जनता पनि मर्न पर्ने थिएन होला । देश विकासको बाटो हिड्थ्यो होला तर आज यो जनताले दुख पाउन पर्दैनथ्यो होला । तपाईले हमेसा भारतको आसु पुछ्नु भो नेपालको आसु कहिले पुछ्नु भएन र आज यो देशको हालत यस्तो भयो ।

फेरी पनि आजको दिनमा सबै बामपार्टीहरु मिलेर यति ठुलो काम गर्नु निकै चुनौतीपूर्ण थियो, यो जोखिम प्रचन्ड र केपी ओली लगाएतका सबै टिमहरुले राम्रो भूमिका निभाएकोले जनताको मुखमा हासो आयो यो पनि धरै राम्रो काम हो । यो देशको लागि भारत त यो देख्न चाहादैन ।

उ त हाम्रो देशलाई सौताको छोरो जस्तो मानेको छ । तर यति ठुलो चुनौति हाम्रो देशका नेताहरुले गरेकोमा नै हामी नेपाली जनताले पनि मान्नु पर्छ । अब भारतलाई चाबी बुझाउने पार्टीहरु पनि मिलेर अगाडी बढ्नका लागि अनुरोध गर्दछु । हामीले राम्रो काम गर्यो भने नै आउने भावि सन्तानले सुख पाउने हुन् । हामी नै भारतको इसारामा नाच्यो भने जनताले दुख पाउछन, जनता देशका सन्तान हुन् हामीले कहिले पनि नभुलौ ।

त्यैसैले अब केपी ओलीको र प्रचण्डको मुर्ति नेपालको थानकोटमा हुनुपर्छ ताकी नेपाली जनताहरुले कहिले भुल्ने छैनन् । अब आउने नेताले पनि त्यो मुर्तिलाई हेरेर गलत काम गर्ने छैनन । भारतको इसारामा पनि चल्ने छैनन, त्यसैले यो मुर्ति बनाउन जरुरी छ।

हामीले २ मुलुक सित राम्रो सम्बन्ध राखेर सचेत भएर काम गर्नु पर्छ, छेमिकीसँग रिसाएर कहिले हाम्रो भलो हुदैन । राम्रोलाई राम्रो भनुस र नराम्रोलाई कट गर भनुस त्यसैमा जनताको भलो हुनेछ । हामीहरु पहिला हाम्रो देशको बर्डरमा पनि काडेतार लगाउनु पर्छ ।

यसका लागि कतारबाट नवल खड्काले यो अभियान नै चलाउनु भाको छ । हाम्रो देश सेफ हुन्छ नै । भारतले नेपालीलाई दुख दिन्छ त्यसैले यो काम सरकारले गरोस र जनताले जस्तो सुकै सहयोग गर्न तयार छन् ।

प्रचण्डको मुर्ति र केपी ओलीको मुर्ति बनाउन नेपालदेखि बाहिर देश गएका जनताको लगानीमा यो कार्य हुनेछ, यो अहिलेको उपलब्धि भनेको सारा संसारले यस्लाई निकै ठुलो उपलब्धि मानेको छ । त्यसैले हामीले पनि यीनि नेताहरुको कदर गर्नुपर्छ र आउने सन्तानले पनि ।

यो मुर्तिलाई पुजाको रुपमा मानुन अब हाम्रो देशले काचुली फेरिसक्यो । ५ सालको सरकारलाई बदल्न सक्दैन, यो नेपालीको ठुलो योगदान हो यो मुर्तिको लागि पैसा NRN ले सहकार्य गरोस र त्यो पैसा लगाओस । त्यहि नै गैर आवासीयको मूलनारा हो भन्दै म मेरो सानो पत्रलाई बिट मार्दै बिदा हुन्छु ।


रवि किरण अधिकारी
प्युठान :  नेपाल
हाल :खाडी मुलुक

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend