साझा नेटवर्क
सन्तोष ढुंगाना- काठमाडौ, मंसिर २३ ।
प्रारम्भिक नतिजामा देशका धेरैजसो स्थानमा पछाडि परेको कांग्रेसले काठमाडौंमा भने दोस्रो सफलता पाएको छ । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट चर्चित युवा नेता गगन थापा विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् ।
उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् ।थापाले २१ ह्जार ५ सय ५८ मत पाए । उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाएका हुन । यसअघि कांग्रेसले क्षेत्र नम्बर १ मा विजयी भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend