logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीका सवै क्षेत्रमा वाम गठबन्धनको अग्रता


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

शिवलाल सुवेदी, गुल्मी मसिंर २३।
शुक्रवार दिउसोवाट शुरु भएको गुल्मीको मतगणनामा जिल्लाका सवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन । २ प्रतिनिधी सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले शुरु देखि नै अग्रता लिएका हुन ।

प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका मत गणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको १०१६१ मत प्राप्त गरेका छन भने कागे्रसका चन्द्र भण्डारीले ८१५५ मत ल्याएका हुन ।

त्यस्तै प्रतिनिधी सभा २ को मदाने र मालिका गाउँपालिकाको मतगणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टले ११६९० मत ल्याएका छन भने काग्रेसका उम्मेदवार चन्द्र केसीले ५८३८ मत ल्याएका छन ।

त्यस्तै प्रतिनिधी सभा १ को प्रदेश सभा १ मा वाम गठवन्धनका शुर्दसन वलालले ६४८५ मत ल्याएका छन भने काग्रेसका पृथ फौदारले ५३०८ मत ल्याएका हुन भने प्रदेश २ मा वाम गठबन्धनका कमल श्रेष्ठले ६४०४ मत ल्याएका हुन भने काग्रेसका धनेन्द्र कार्कीले ४९०१ म्त ल्याएका छन ।

यता प्रतिनिधी सभा २ को प्रदेश सभा १ मा वाम गठबन्धनका खड्क केसीले ९६१९ मत प्राप्त गरेका छन भने काग्रेसका शालिक पन्थीले ७१३६ मत ल्याएका छन । प्रदेश २ मा वाम गठबन्धनका दिनेश पन्थीले १०४२४ मत ल्याउका हुन भने काग्रेसका छन्द पहराईको ६०७९ मत प्राप्त गरेका हुन ।

१ लाख ९६ हजार मतदाता रहेको गुल्मीमा १ लाख २८ हजार ७ सय ३९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend