logo
  • मंगलबार, असोज १३ २०८३

गगन थापाले जित्ने पक्का


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, मंसिर २२ ।
२०७० सालको संविधानसभा चुनावमा १३ हजार मत अन्तरले आफ्ना प्रतिस्पर्धीलाई हराएका नेपाली कांग्रेसका युवा नेता गगन थापा यसपालि प्रारम्भिक मतपरिणाम आउँदानै पछि परे।काठमाडौं क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईले उनलाई पछि पारेका थिए। केही समयमा थापाको मत बढ्यो तर फेरि भट्टराईले उछिने। थापा र भट्टराई लगातार अगाडि पछाडि भैरहेका छन्।

बुढानिलकण्ठ नगरपालिकाको मतगणना सकिँदा थापाले ६६ मतले भट्टराईलाई उछिनेका छन् । यही नगरपालिकाका वडाहरुमा स्थानीय निर्वाचन एमालेले जितेको थियो। यो नगरमा एमाले र माओवादीले पाएको जम्मा मत कांग्रेसको भन्दा ६ हजार बढी थियो। तर बुढानिलकण्ठको मतगणना सकिँदा गगन थापालेनै अग्रता लिएका छन्।

यहाँ थापाले ११ हजार १ सय १६ मत ल्याएका छन् भने एमालेका भट्टराईले ११ हजार ५० मत पाएका छन्। बुढानिलकण्ठको मतगणनासँगै निर्वाचन जित्नेमा थापा ढुक्क भएको उनका सल्लाहकार टिमका सदस्य प्रताप पौडेलले बताए।

‘स्थानीय चुनावमा एमाले बलियो देखिएको ठाउँबाट मतगणना सुरु भएकाले दुई उमेद्वार बिच अहिलेसम्म प्रतिस्पर्धा देखिएको थियो,’ उनले भने, ‘एमाले प्रभाव क्षेत्रमै स्थानीय तहमा कांग्रेसले ल्याएको मत भन्दा पाँच हजार मत धेरै ल्याएपछि जित्नेमा उहाँ थप ढुक्क हुनुभएको छ।’

स्थानीय निर्वाचनमा काठमाडौं-४ मा एमाले र माओवादीले कांग्रेस भन्दा सात हजार मत बढी ल्याएका थिए। कपन क्षेत्र बुढानिलकण्ठ नगरपालिकामै पर्छ। यहाँ बिग्रेका सडक लामो समयसम्म मर्मत नहुदाँ थापाको आलोचना भएको थियो ।

मेलाम्चि खानेपानी आयोजनाले पाईप बिछ्याउन खनेका सडक पुन:निर्माण गर्न समय लागेको थियो । यही क्षेत्रको मतगणना सकिदा आफूले अग्रता लिएपछि थापा ढुक्क बनेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend