साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
कतारमा रहेको रोल्पालिको साझा सस्था रोल्पा जलजला सेवा समाज दोहा कतारको नियमित बैठक दोहाको सनैया स्थित ग्राण्ड मलमा समाजका अध्यक्ष सिव बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त बैठकमा समाजका कार्यसमिति पदाधिकारी सल्लाहकार अन्य रोल्पाली दाजुभाइ हरुको बाक्लो उपस्तिथिमा रहेको बैठकको संचालन समाजका महासचिव देवराज पुनले गर्नु भएको थियो । बैठकमा विभिन्न समाजिक समसामयिक बिषय बस्तुमा छलफल गर्दै समाजमा क्रियासिल प्रथम उपाध्यक्ष चोम बिष्ट कर्मभुमी कतारको बसाईलाइ बिट मार्दै स्वदेश जान लाग्नु भएकोले स-सम्मान बिदाई गरिएको छ ।
बिष्ट बिगत लामो समय देखी विभिन्न पदमा रहि योगदान पुराउदै हाल समाजको प्रथम उपाध्यक्ष पदमा रहेर सकृय भुमिका निर्वाह तथा इमानदार नैतिकता अनुशासित भइ सस्थालाइ दिएको अमुल्य योगदानको कदर गर्दै समाजका सल्लाहकार वलराम जैसी, गोपाल केसि, दिल नेपालीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सल्लाहकार तथा सस्थापक सुर्य बिकले मायाको चिनो प्रदान गर्नुका साथै अध्यक्ष शिव बुढाथोकीले समाजको तर्फबाट सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
यसैबीच बैठकमा रोल्पा जिल्ला साबिकको बडाचौर ७ का गोमे बिष्टको छोरी बन्दना बिष्टलाई रगतमा W.B.C. कमि देखिएपछी उपचारमा आर्थिक समस्या भएको हुदा निज बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
रोल्पा जलजला सेवा समाज र बराहक्षेत्र सँरक्षण समिति बडाचौर रोल्पाको सँयोजकत्वमा साबिकको बडाचौर ७ रोल्पाका गोमे बिष्टको छोरी बन्दना बिष्टको उपचारको लागि आर्थिक रकम कमि भएको र जिल्ला प्रशासन कार्यालय रोल्पाले सिफारिस गरेको निवेदनलाइ प्राथमिकता दिदै आर्थिक सहयोग गरिएको हो ।
समाजका अध्यक्ष शिव बुढाथोकी, सल्लाहकार सुर्य बिक र समितिका अध्यक्ष बलराम जैसीद्वारा पीडित बिष्टको बुवा गोमे बिष्टलाइ (७०,७६०) सत्तरी हजार सात सय साठि नेपाली रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend