साझा नेटवर्क
कमल पौडेल, बागलुङ मङ्सिर २२ ।
बागलुङमा मतगणना जारी रहेको छ । हिजो राती ८ वजे देखि भएको मतगणनाको झण्डै ६५ प्रतिशत मत गनिसकिएको छ। जस अन्तर्गत प्रतिनिधि सभा सदस्य तर्फ क्षेत्र नं. १ मा नेकपा एमालका डा. सुर्य पाठकले २५३२९ मत प्राप्त गर्नु भएको छ ।
नेपाली काग्रेसका चम्पादेवि खड्का ले १६३०९ मत संगै पच्छाई रहनु भएको छ। त्यस्तै प्रतिनिधि सभा सदस्य तर्फ क्षेत्र नं. २ मा वाम गठवन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल ले १९४३० मत प्राप्त गर्नुभएको छ भने नेपाली काग्रेसका नर वहादुर पुन निरजले १३५६० ले पच्छाई रहनु भएको छ।
त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नं. १ को १ मा नेकपा एमालेका इन्द्रलाल सापकोटाले १०३१६ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने नेपाली काग्रेसका दिपेन्द्र थापाले ७०३६ मत सहित पच्छाई रहनुभएको छ ।
२ मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा १०६४९ मत सहित अगाडि हुनुहुन्छ भने नेपाली काग्रेसका प्रकाश शर्मा पौडेलले ७०१९ मत सहित पच्छाई रहनुभएको छ।
त्यस्तै त्यस्तै क्षेत्र नं. २ अन्तर्गत १ नं. मा नेकपा माओवादी केन्द्रका चन्द्र वहादुर वुढा सागरले ९३०९ मत सहित अग्र स्थानमा हुनुहुन्छ, नेपाली काग्रेसका मंञ्जेस वम मल्लले ७२१३ मत सहित पच्छाई रहनु भएको छ।
त्यस्तै क्षेत्र नं. २ को २ मा राष्ट्रिय जनमोर्चाका टेक वहादुर घर्ति १०२०४ मत सहति अग्र स्थानमा हुनुहुन्छ भने नेपाली काग्रेसका जित शेरचनले ७१९९ मत प्राप्त गर्नुभएको छ। बागलुङमा १ लाख ३ हजार ७ सय ८१ मत खसेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend