logo
  • शनिबार, असोज १० २०८३

मतदाता भन्छन :अर्को पटक उधारो सपना लिएर नआउनु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, गुल्मी मंसिर २१ ।

गुल्मीमा चुनावमा मतदान गर्ने प्रतिनिधिसभा र प्रदेशसभा मतदाताहरु उत्साह देखिएको छ । मत दिएका मतदाताहरुले अर्को पटक आउँदा उधारो आश्वासन लिएन नआउन समेत उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

”गाउँको सम्वृद्धि बिकास हुन्छ भनेर धेरै पटक मत दियौं’ इस्मा २ का जगतबहादुर थापाले भने,’अर्को पटक आउँदा गाउँको बिकास होस हाम्ले नयाँ खाले माग राख्न पाउँ ।”

”एकैवर्ष धेरै जनप्रतिनिधि छान्ने अवसर पायौं,’ उनले थपे,’अब देसमा बिकास हुनुपर्छ बेरोजगारी अत्य हुनु पर्छ त्यसको पहल कदमी गर्न मत दियौं ।”
मतदिँएर फर्किदैँ गरेकी अर्की मतदाता मनकलि मुखियाले भनिन् ”अब हामीले बिकासको अनुभुति गर्न पाउँनु पर्छ ।” देशमा धेरै चुनाव भए धेरै सरकार बने तर जनताले खास अनुभुति गर्ने अबस्था नभएको मतदाताहरुको गुनासो थियो ।

गाउँमा धुले मोटरबाटोहरु पुगेपनि नजिकै स्वास्थ्यचौकी,उच्च शिक्षा लिने विद्यालय,खानेपानी जस्ता आधारभुत समस्याहरु जिउकातिउ रहेको गुनासो गरेका थिए ।

मतदाताहरुले अझै पनि सानातिना समस्याहरु हामीलाई चाहियो भनेर माग्नु पर्ने अबस्था भएको भन्दै उनीहरुले त्यसको अत्य गर्न नेतृत्वहरुलाई सुझाव दिएका थिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्पिूर्ण मतदान भइरहेको गुल्मीका मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

गुल्मी क्षे त्रनं. १ बाट वामपन्थीका उम्मेदवार एमाले सचिव प्रदिप ज्ञवालीले रुरु गाउँपालिकाको चौतरा निमाविको मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै कांग्रेसका चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको हुँगा स्थित जनजागृति माबि मतदान केन्द्रबाट मतदान गरेका छन् । क्षेत्र नं. २ मा एमाले सचिव एबं बामगठबन्धन उम्मेदवार गोकर्ण बिष्टले इस्मा गाउँपालिकाको रामराज्य माबि दोहोली केन्द्रबाट मत दिएका छन् ।

सोहि क्षेत्रमा नेपाली काँग्रेस उम्मेदवार चन्द्र केसीले रेसुङ्गा नगरपालिका स्थित भाडगाउँ माबि मतदानकेन्द्रबाट मतदान गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend