logo
  • शनिबार, असोज १० २०८३

कांग्रेस र एमाले बीच झडप, दुई जना घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, काठमाडौं मंसिर २१ ।
भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा कांग्रेस -एमाले कार्यकर्ताबीच झपड भएको छ । दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेत समेत छन् । अर्का व्यक्तिको परिचय खुलेको छैन । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ । कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् । झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ।

भक्तपुर क्षेत्र नं. २ बाट एमाले उम्मेदवार महेश बस्नेतले कांग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गरे । कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले भने कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend