साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौं मसिर २१ ।
इलाम क्षेत्र नं. १ का उम्मेदवार पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट बिहान १० बजे मतदान गरेपछि उनले भने अब मुलुकको जटिल संक्रमणकाल समाप्त भएर समृद्धि तर्फ अघि बढेको पनि बताए ।
दुई निर्वाचनले संविधान कार्यान्वयनलाई बलियो बनाएको भन्दै उनले अब कानुनहरु बनाएर मुलुकलाई सही गतिमा तर्फ हिँडाउनु पर्ने बताए । उनले भने, ‘थुप्रै कानुन बनाएर संविधानलाई पूर्ण कार्यान्वयन गर्न बाँकी छ तर अब छिट्टै कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ ।’
खनालले आफूलाई पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी दिएपनि बहन गर्ने बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री बनाए पनि ठीक छ,राष्ट्रपति बनाए पनि ठीक छ, यी दुवै नभएपनि ठीक छ ।’
यसअघि खनाललाई तपाई राष्ट्रपतिको उम्मेद्वार हो ? भनेर आम जनताले प्रशन गर्दा सोध्ने गरेका थिए । उनले तपाईको मुखमा दूधभात जाओस् भन्ने उत्तर दिएर राष्ट्रपतिको स्वाभाविक चाहना अभिव्यक्त गर्ने गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend