logo
  • शुक्रबार, असोज ९ २०८३

गोकर्ण बिष्टले आमासंगै मतदान गरे आमा भन्छिन्,‘प्रधानमन्त्री बनेको हेर्ने धोका छ’


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

????????????????????????????????????

टोपलाल अर्याल, गुल्मी मंसिर २१ ।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधी सभा उमेदवार गोकर्ण बिष्ट र आमा ८८ बर्षिया चिन्ता कुमारी बिष्टले एकैचोटी मतदान गरेका छन् ।

उनीहरु दुवै जनाले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट बिहिबार बिहान साढे १० बजे मतदान गरेका हुन् । छोरासंगै मतदान गरेकी उनकी आमा चिन्ता कुमारीले छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको प्रतिक्रिया दिइन् । ‘धेरै पटक भोट हाने, छोरा र राष्ट्रलाई राम्रै भएको छ,’उनले भनिन,‘बाचुन्जेल प्रधानमन्त्री बनेको हेर्ने धोका छ । अहिलेसम्म पनि गोकर्ण बिष्टकी आमा भन्न पाएकोमा उनले गर्व गरिन् । साथै मतदान गरे लगत्तै नयाँ पत्रिकार्कीसंग कुरा गर्दै उमेदवार बिष्टले आफ्नो आमाको रहर पुरा गर्ने बताए । ‘मलाई मेरो आमा सपना मात्र होइन, देशमा धेरै आमाका सपना पुरा गर्ने उत्प्रेरणा मिलेको छ,’बिष्टले भने,‘ जनताका माया पाए असम्भव छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend