साझा नेटवर्क
सन्ताेष ढुंगाना, साझा नेटवर्क / काठमाडौं मंसिर २१ ।
४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन सुरू भएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध कडा मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाइ अपिल गरेको छ । मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रुपमा गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् आयोग ब्यवस्था मिलाएको छ ।
मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।
४ हजार ४५० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा
४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार प्रतिस्पर्दामा छन् । भने ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।
पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भएसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने निर्वाचन आयेगले आँकलन् गरेको छ ।
दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तारको जाली र सुरक्षा ब्वस्था भने कडा रुपको गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend