logo
  • शुक्रबार, असोज ९ २०८३

मौन अवधिमा गुल्मीमा तनाव बढ्दै : फेरी पत्रकारको मोटरसाइकलमा क्षति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल,गुल्मी मंसिर २० ।
मौन अवधि सुरु भएपछि गुल्मीमा तनाव बढ्न थालेको छ । मौन अवधिको समयमा जिल्लाका विभिन्न स्थानमा लडाइ–झगडाका घटनाहरु हुन थालेका छन् ।

हिज राति मौन अवधिकै समयमा काङ्ग्रेस नेताहरुले गुल्मीको सिमिचौरमा भोट माग्दै गरेको अवस्थामा बाम गठबन्धनका कार्यक्रताले देखेपछि लखेटेका थिए । त्यसपछि राति रेसुङ्गा नगरपालिका वार्ड नम्बर ६ मा नेपाली काङ्ग्रेस र बाम गठबन्धनका कार्यक्रताबिच झडप हुँदा वडाध्यक्ष गन बहादुर गुरुङसहित बाम गठबन्धन र काङ्ग्रेसका ८ जना घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका ३ मा पत्रकारको मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको छ ।नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य तथा सारथी एफएमका संवाददाता वसन्त अधिकारीको घरमा रहेको लु १९ प ६०७४ नम्बर को पल्सर मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको हो ।

अधिकारीको मोटरसाइकल मंगलबार रातको समयमा घरबाट नजिकै लगेर फालिदिएको अवस्थामा बुधबार बिहान फेला परेको हो । घटनाप्रति नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै घटनाको उचित छानविन गरी दोषिमाथि कारवाहि गर्न पनि पत्रकार महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend