साझा नेटवर्क
सन्तोष ढुंगाना/साझा नेटवर्क, काठमाडौं मङ्सिर १९ ।
देशको राजधानी लगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि देशका भिन्ना भिन्नै ठांउमा विस्फोटका घट्ना घटि रहेका छन् । यस बारेमा सरकारले अझै पनि चासो नदिएको बारे जनमासमा प्रश्न र चिन्ता बढेको छ ।
केहि दिन यता राजधानिमै दर्जनै घट्ना घटिरहेका छन् । सरकारले सुरक्षा सेवा कडा गरेको हो भने दिनहुँ कँहा बाट घटेका छन् यस्ता घट्नाहरु भन्ने समेत प्रश्न उठेको छ ।
सरकारले चोक-चोकमा नेपाल प्रहरी, सश्त्र प्रहरी, नेपाली सेना लगाएतका सुरक्षा निकायहरु क्षेत्रमा खटिए पनि प्रत्येक क्षण-क्षणमा विस्फोटका घट्ना निमित्ति रहेका छन् ।
यस बारेमा जनमासमा पनि चड्कारो प्रश्नहरु उठिरहेका छ । सुरक्षा व्यवस्था कडा भनेर जनतामा भ्रम सरकाले फैलाएको समेत आलोचना गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend