logo
  • शनिबार, साउन ३० २०८३

कतारमा नेपाली कथानक चलचित्र “मन त परदेशी” प्रदर्शन हुँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिष्णु अधिकारी/साझा नेटवर्क, कतार ।
पछिल्लो समयमा कतारमा पनि नेपाली चलचित्रहरु बेला बखतमा पर्दशन हुने क्रम बढिरहेको छ । यसै बिच कातारमा केही भाग छायाँङकन गरिएको परदेशीहरु कै कथालाई समेटेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ” मन त पर्देशि ” यहि अाउदो डिसेम्बर १५  तारिक २०१७ का दिन सनैयाको डल्ला ड्राइभिङ्ग एकेडेमीमा दिउसो १२-०३ र ०३-०६ बजे गरि एकै दिन दुई शो पर्दर्शन हुने भएको छ ।

निर्माता दुर्गा बहादुर खड्का र भुवन शर्मा कडेलले निर्माण गरेको उत्त चलचित्र मा निर्देषक देव नेपालको निर्देशन, मरुभुमि ननारायण र राजेन्द्र कुमार थापाको छ्याङ्कन र किरणराज थापा को सम्पादन सम्पादनमा कलाकारहरु क्रमश: दिपेश राज पाण्डे, समित गिरी, बिक्रम छेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवोड़ा, राम बुढाथोकी र रमेश जोनीको कुसल अभिनय रहेको छ ।

चलचित्रको गित सङ्गीत तर्फ पुरुष अावाज र सङ्गीत पुष्कर सुनवारको र महिला अावाजमा मेलिना राईको सुमधुर अावाज सुन्न सकिन्छ् भने दिवोस श्रेष्ठ, सन्ध्या पौडेलले कुसल कोरियोग्राफि गरेका छन । चलचित्रको सम्पुर्ण छ्याङ्कन नेपाल र कातारका विभिन्न ठाउमा गरिएको बताउदै कतारमा रहेका दर्शकहरुको लागि चलचित्र हेर्न अग्रिम टिकट बुकिङको लागि निम्न सम्पर्क नम्बरहरु (७०४३५००१,५५३२६७१९, ५५३२६७१९, ७७८४७४०० ५५८१५४४८) खुल्ला गरिएको निर्माण पक्षले साझा नेटवर्कलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend