logo
  • शनिबार, भाद्र २० २०८३

ब्लड क्यान्सर पीडित सावित्राको जीवन जिउने रहर, सहयोगका लागि अपिल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

राम सुवेदी, बागलुङ (बुर्तिबाङ) मङ्सिर १७ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ कि १८ वर्षिय सावित्रा जीवनमा जीउने धोको बाहेक अरु केही देख्दिनन् । कलिलो उमेरमा ब्लड क्यान्सर भएकी सावित्री विक गरिब परिवारको कोखमा जन्म लिएकै कारण, चाहेको ठाउँमा औषधी उपचार गर्ने मौका नपाएर मृत्युसँग लडिरहेको गुनासो गर्छिन् । करिव १ वर्ष अघि काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा चेकजाँच गराएपछि रगतमा समस्या देखाएको चिकित्सकले बताएका थिए । सावित्रीका बाबा छविलाल, भारतमा काम गर्ने भएकाले उपचारका लागि उनलाई भारतमै लगियो । भारतको एक हस्पिटलमा उपचार गराएका सावित्रीका बाबा छविलालले आफ्नो साथमा भएको र गाउँमा साथीभाई स्टमित्रसँग लिएको करिव डेडलाख भारतीय रुपैयाँ सकेको बताउनुहुन्छ । तर सावित्रीको बिमार भने जस्ताको तस्तै रहयो ।

भारतमा बसेर उनको बिमार निको नभएपछि छविलालले छोरीलाई नेपालमा ल्याएर विभिन्न स्थानमा उपचारका लागि सोध खोज पनि गराउनुभयो । तर डक्टरले लाखौं रुपैयाँ खर्च लाग्ने बताएपछि गरिवीकै कारण सावित्रीको चाहेको ठाउँमा उपचार हुन नसकेको छविलालको भनाई छ ।

अहिले सावित्रीको ज्यान पुरै पहेंलो देखिन्छ । उनको शरिरमा रगत उत्पादन हुँदैन । हरेक १५÷१५ दिनमा कसैले रगत दिए भने, १५ दिन सन्चोसँग बस्ने हिडने र खाना खाने गरेको परिवार बतउँछन् । परिवार गरिव भयो । पैसा भएन, उपचार गर्ने ठाउँसम्म जानपनि सकिएन ।

रक्तदान गर्नेहरुको दयाले संसार हेरिरहेको छु । आँखाभरी आशु लिंदै सावित्रीले भेटन जाने सबैसँग यस्तो दुखः पोख्छिन् । १८ वर्षको यो उमेरमा गरिवीकै कारण औषधी उपचार नपाउने सावित्री जस्तै अरुपनि धेरै गरिव परिवार होलान ।

तर सहयोग गर्ने र गुहार सुन्ने आफन्त नातेदार वा अरु कुनैपनि त्यस्तो दाता नपाए छोरीको चित्कार सुनेर बस्नुको विकल्प नभएको, सावित्रीका बुवा छविलालले गहभरी आँशु लिंदै बताउनुहुन्छ ।जव जव उसको शरीरमा रगत सकिन्छ, मरे बाबा भन्दै कराउँछ, चिच्च्याउँछ, मुटु भरिएर आउँछ । मन थाम्न सक्दैन बोकेर बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रसम्म ल्याएर रगत चढएर लैजाने गरेको छु ।

यो सावित्रीका बुवा छविलालको करुणा हो । विगत १० महिना यता सावित्राको बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका ओ पोजेटिभको रगत खाजेर चढाइदै आएको छ । निसीभूजि जनता क्याम्पस र रेडियो परिवर्तनले गराएको ब्लड ग्रुपिङका मान्छेहरु बोलाएर सावित्रीलाई रगत दिइरहेको स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन किसान शाहीले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा ब्लड बैंक छैन । केन्द्रका डक्टर, कर्मचारी तथा आफ्ना साथीभाई जस्को रगत ग्रुप मिल्छ उनीहरु कोही बाँकी नभएको शाहीको भनाई छ । सावित्रीलाई अहिलेसम्म स्वास्थ्य केन्द्रबाट १२ पटकसम्म रगत चढाइएको शाहीको भनाई छ । स्थानीय वडा कार्यालय, नगरपालिकाको कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै राज्यका ठूला हस्पिटलसम्म लैजान सहयोग गर्ने मान्छे भएमा सावित्रीको ज्यान बच्न सक्ने स्वास्थ्य केन्द्रका डक्टरहरुको भनाई छ ।

यस्ता गरिव असाह्यहरुलाई राज्यले समेत सहुलियतमा उपचार गर्ने व्यवस्था गरिदिएको छ । उनको जीवन बचाउन अभियान समेत सञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यस्तो संघ संस्थाको समेत खाँचो रहेको स्थानीय मधु कुवँरले बताउनुभयो । आफू गरिव परिवारको भएकै कारण पनि यस्तो दीर्घ रोगबाट छोरीको उपचार गर्न सकिएन ।

लाउँ लाउँ खाउँ खाउँकै उमेरमा ज्यान जाने खतरा बढेको छ । कोही कसैको दया जागे छोरी बचाउन सकिन्छ कि भन्ने सावित्रीका बुवा छविलालले गुनासो गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend