साझा नेटवर्क
कुमार अविरल पन्थी ।
लेखनाथ पौडेलको लोकगीति कोशेली “जी थपेर बोल”ले चर्चाको शिखरमा पुगेको छ । “जी थपेर बोल” नामक गीति एल्बम म्युजिक नेपालको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
गायक खुमन अधिकारी र पार्वती स्त्रीको आवाज रहेको गीत ठट्यौली पाराको रहेको छ । गीतमा हरेक नामको पछाडि जी थपेर बोल’ भन्दै ठट्यौली खालका शब्दहरु रहेको पाइन्छ । लेखनाथ पौड्यालको प्रस्तुती रहेको गीतमा गायक खुमन अधिकारीले लय तथा शब्द सङ्कलन गरेका छन् ।
काठमाडौंको मुड्खु भन्ज्यांङमा छायांकन भएको म्युजिक भिडियोमा दमन रुपाखेती र पुजना स्त्रीको अभिनय रहेको छ । पछिल्लो समय लोक तथा दोहोरी गीतको क्षेत्रमा आफुलाई स्थापित गराउँदै गरेकी गायिका पार्वती स्त्रीले यसअघि ‘दुरबिन लाईलाई’ ‘जुऱ्या छ लगन’ जस्ता चर्चित गीतहरु बजारमा ल्याइसकेकी छिन् ।
प्रकाश भट्टको निर्देशन तथा करन चैसिरको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीतको भिडियोलाई साइ भिजन प्रालिले निर्माण गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend