साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारको नेशनल इकाईको तेश्रो अधिवेशन एवं प्रशिक्षण कार्यक्रम दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा १ डिसेम्बर २०१७ मा भव्यरुपमा सम्पन्न भएको छ ।
इकाइका अधिवेशन तयारि समितिका संयोजक गोपाल पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा कांग्रेस महासमिति सदस्य नरेन्द्र भाट रहेका थिए ।
दिप प्रज्वलन तथा महामानव बिपी कोइरालाको तस्विरमा माल्यार्पण गरि उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र १ मिनट मौन धारण गरिएको थियो । कार्यक्रमको पहिलो सेसनमा विशिष्ट अतिथिहरु महामन्त्री एवं कांग्रेस महाधिवेशन प्रतिनिधि मो. अजिज अलि र सल्लाहकार मो. शाकिर अलिले उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्वमहामन्त्री एवं कांग्रेस महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राइ १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड्का निबर्तमान उपसभापति नुरहसन मिकरानीले शुभकामना दिएका थिए अन्य विशिष्ट अतिथि जनसमर्क समितिका सहमहामन्त्री केदार भुसाल अतिथिहरुमा इकाईका सभापति हरु जनसम्पर्क समितिका केन्द्रीय सदस्यहरु लगायत रहेका थिए ।
कार्यक्रममा कार्यसमितिलाइ सहयोग र योगदान पुर्याए वापत प्रमुख सल्लाहकार अबुबकर अलि सभापति केशब कडेल र ठाकुर कुमार परियारलाई प्रशंशा पत्र प्रदान गरिएको थियो । अधिवेशनको बन्द सत्रले अफजल खानको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ भने सल्लाहकार समिति पनि गठन गरेको छ ।
सभापति -अफ्जाल खान,उपसभापति – कुमार पौडेल,सचीव – माधब पौडेल, सह-सचिव-धुर्ब ताम्राकार, कोषाध्यक्ष- शिशिर कंडेल त्यस्तै सदस्यहरुमा बिनय शर्मा, जबुल मिया, मोहन रावत, अकबर अलि,यमराज कोईराला, रोशन भट्टराई प्रमुख सल्लाहकार-अबु अलि सल्लाहकार सदस्य-केदार भुसाल, सरद पान्डे,गोपाल पोख्रेल, कुमार अविरल पन्थी रहेका छन ।
कार्यक्रम जनसम्पर्क समितिका सचिवालय सदस्य अबु अलिले संचालन गरेका थिए भने स्वागत मन्तब्य अफजल खानले राखेका थिए । जनसम्पर्क समितिको सदस्यता लिनेहरुलाई प्रमुख अतिथिबाट सदस्यता पत्र वितरण गरिएको थियो ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend