साझा नेटवर्क
कमल पौडेल, बागलुङ मङ्सिर ।
वडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेललाई आज एक कार्यक्रमका विच विदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मालाई स्वागत गरिएको छ। शुक्रवार गाउँपालिका कार्यालय ग्वालीचौर खौलारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
२०७३ चैत्र १३ गते देखि वडिगाड गाउँपालिकामा काम गर्दै आएका अधिकृत पौडेलको नवलपरासिमा सरुवा भएपछि आज विदाई गरिएको हो। विदाई कार्यक्रममा वोल्दै अधिकृत पौडेलले नयाँ निर्वाचित टिम संग काम गर्न पाउँदा खुसिलागेको वताउनु भएको थियो। हाल सम्म सहयोग गर्ने सवै प्रति आभार व्यक्त गरेका पौडेलले बागलुङ जिल्लामै वडिगाडमा सवै भन्दा वढि काम भएको दावी गर्नुभएको थियो।
त्यस्तै कार्यक्रममा भर्खरै आउनुभएका पर्वतका अर्जुन शर्मालाई स्वागत गरिएको छ। शर्मालाई स्वागत र पौडेललाई विदाई गर्दै गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले राज्यले कर्मचारी सरुवा गर्दा काममा असर पर्ने वताउनु भएको छ। पाईजाले भन्नुभयो “एउटा कर्मचारीको टिम संग काम गरिरहेको र कर्मचारीले पनि स्थानियतालाई पहिचान गरेको सन्दर्भमा कर्मचारी नयाँ आउँदा काम गर्न कठिन हुन्छ, त्यसैले निश्चित समय सम्म कर्मचारीलाई एकै ठाउँमा काम गर्ने वातावरण गराईनु पर्दछ ।
पाईजाले कर्मचारी सरुवाले सहजिकरण गरि काम गर्न समस्या हुने वताउनु भएको छ। कार्यक्रममा विदाई हुँदै गरेका अधिकृत दुर्गा पौडेललाई पालिकाको तर्फवाट मायाको चिनो हस्तान्तरण गरिएको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष मेयर सिंह पाइजाको अध्यक्षता, वडा नं. १ का अध्यक्ष वोम वहादुर थापाको स्वागत मन्तव्य तथा नायवसुब्बा थम्मन रेश्मीको संचालनमा सम्पन्न भएको थियो।
यसै विच बडिगाड गाउँ कार्यपालिकाको को नियमित वैठक वडिगाड गाउँपालिका वडा नं. ५ खौलारमा सम्पन्न भएको छ। वैठकले प्रत्येक वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यालय सहयोगी नियुक्ति गर्ने, सामुदायीक स्वास्थ्य केन्द्रको लागी अनमी, अहेव, कृषि तथा पशु प्राविधिक नभएको वडा हरुमा कृषि तथा पशु प्राविधिक, तथा गाउँपालिकाको लागी आई.टि. अफिसरको लागी विज्ञापन आह्वान गर्ने, निर्णय गरेको छ।
त्यस्तै वैठकले गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको प्रेस सल्लाहकारमा पत्रकार कमल पौडेललाई नियुक्ति गर्ने निर्णय गरेको छ। त्यस्तै वैठकले योजना सम्झौतालाई तत्काल गर्ने, कार्यसुरु नभएका योजनामा तत्काल काम शुरु गर्ने, निर्णय गरेको छ।
त्यस्तै पुसको तेश्रो साता दोश्रो गाउँसभाको आयोजना गर्ने निर्णय गरेको छ। वैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाको अध्यक्षता, उपाध्यक्ष अम्मर वहादुर श्रीसको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend