logo
  • आइतबार, असोज ११ २०८३

विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, गुल्मी मङ्सिर १४ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज रे.न.पा ७ कुडापानिमा रहेको श्री अर्जुन प्राथामिक विद्यालयको सामाजिक परिक्षण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विद्यालयकी प्रधानध्यापक कविता खनाल ज्ञवालीले विद्यालयको हाल सम्मको आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियो भने सुशासन अभियान गुल्मीको कार्यक्रम सहायक अञ्जना अधिकारीले एलाक आउटरिच कार्यक्रम बारे जानकारी दिनु भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रमको सहजीकरण तथा सामाजिक परिक्षण सुशासन अभियान गुल्मीका कोषाध्यक्ष महाशर्मा भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा, व्यवस्थापन समिति अध्यक्ष खडानन्द पाण्डेय, वडाध्यक्ष माहन प्रसाद पाण्डेय सदस्य रुद« प्रसाद पाण्डेय, सदस्य माधवराज पन्थी प्रधानध्यापक कविता खनाल ज्ञवाली समेतका विभिन्न व्यक्ति र सुशासन अभियान गुल्मीको तर्फबाट कोषाध्यक्ष महाशर्मा भण्डारी र कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend