logo
  • शुक्रबार, असोज ९ २०८३

वामगठबन्धनलाई समर्थन गर्दै एमालेमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रिया बस्नेत, गुल्मी मंसिर १४ ।
गुल्मी भार्सेका वरिष्ठ समाज सेवी खेम पुनले आफु राजनैतिक रुपमा कांग्रेस एमाले वा माओवादी कोहि नभए पनि यसपाली वामगठबन्धनलाई समर्थन गर्ने उद्घोष गरेका छन् ।

भार्सेमा वामगठबन्धनले आयोजना गरेको चुनावी सभामा समाज सेवी पुनले भने– यसपाली गुल्मी क्षेत्र नम्वर १ मा कांग्रेसबाट चन्द्र भण्डारी प्रतिनिधी सभाको उमेदवार हुनुहुन्छ ।

वामगठबन्धनबाट प्रदिपकुमार ज्ञवाली हुनुहुन्छ । दुवै नेता मेरा लागि राम्रा हुनुहुन्छ तर दुई राम्रा नेताहरु मध्ये एक जना अति राम्रा छान्नु पर्दा मैले प्रदिप ज्ञवालीलाई छानेर समर्थन जनाउन कार्यक्रममा आएको हुँ ।

उनले आफु कुनै राजनैतिक दलको नभई विशुद्ध व्यवसायी भएकोले जुन दलको भए पनि राम्रो नेता छान्ने र दुवै नराम्रा भए कम नराम्रा छान्ने धारणा समेत राखे ।

उनि लगायत भार्सेका अगुवा समाज सेवीहरुले साविकको क्षेत्र नम्वर १ ले ईतिहाँसमा पहिलो पटक राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा छवि बनाएका नेता प्रदिप ज्ञवालीलाई पाएकोले सवैले गर्व गर्नु पर्ने धारणा राखेका छन् ।

कांग्रेस उपसभापति एमालेमा प्रवेश

त्यस्तै सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घामा नेपाली कांग्रेसका गाउँ उप सभापति अमरसिंह सिजाली पनि नेता प्रदिप ज्ञवाली लगायतका वामगठबन्धनलाई समर्थन जनाउँदै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

उनको नेतृत्वमा ३३ जना कार्यकर्ता समेत प्रवेश गरेको पत्रकार सुदन ज्ञवालीले जानकारी दिए । जोहाङ्गमा पनि पाँच जना कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend