साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मङ्सिर १४।
गुल्मीमा १३ नाल भरुवा बन्दुक संकलन भएका छन् । जिल्ला प्रशासन कार्यलयमा दर्ता भएका जम्मा हातहतियारमध्ये १३ नालमात्र संकलन गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
ब्यक्तिले प्रशासनमा दर्ता गरी तोकिएको मूल्य तिरेर घरमा बन्दुक लगायतका हातहतियार राख्न पाउने प्रावधान भएपनि निर्वाचनको समयमा ति सबै प्रशासन कार्यलयमा बुझाउनुपर्ने ब्यवस्था छ ।
हतियार संकलनको सूचना जिल्लामा रहेका संचार माध्यमबाट प्रशारण गर्नुपर्ने भएपनि जिल्ला प्रशासन कार्यलयले सूचना नै नबजाई हतियार संकलन गरेको हो ।
प्रशासन कार्यलयले एक महिना अघिदेखि नै हतियार संकलन गर्न सुरु गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend