साझा नेटवर्क
प्रेम सुनार, गुल्मी मङ्सिर १४ ।
नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले पुर्तिघाटको चुनावी सभामा वोले अनुसार उनले यस अघि भनेको भन्दा जिल्लाभर पक्की पुलको संख्या अरु थप १० वटा बढि देखिएको छ ।
‘यस अघि मैले ४२ वटा पुल गुल्मीमा मेरो पहलमा बनेको र बन्दै गरेको कुरालाई विपक्षीहरुले व्याङ्ग गरे, जथाभावी लेखे’– भण्डारीले भने –‘४२ वटा मात्रै होईन सर्वे गरेको सहित ५२ वटा पुल रहेका छन् तर ७ – ८ कक्षा पढेका र केहि गर्न नसक्नेहरुलाई के थाह ?’
केहि दिन अघि नेता भण्डारी आफुले गुल्मीमा ४२ वटा पुल पारेको भन्ने कुरालाई विपक्षीहरुले जिल्ला भर गनेर खै त त्यो संख्याका पुल कहाँ हराए रु भन्दै व्याङ्ग गरेर सामाजिक संञ्जालहरुमा लेखेको कुरा प्रति चड्कीदै उनले भने– ‘उ ल हेर्नुहोस यो पुर्तिघाटको पुल समेत स्थानियको आग्रहमा मैले एक हप्ता मै पारी दिएको हुँ ।
उनले पुर्तिघाटमा बनेको पुल, काािलगण्डकी कोरिडोर समेत कांग्रेस कै पहलमा निर्माण सुरु भएको दावि गरे । त्यति मात्र होईन , जिल्लाका सवै मोटरबाटा, खानेपानी योजना शैक्षिक विकास सहित भएका सवै विकास निर्मामाण आफु र कांग्रेसले नै गरेको बताए ।
विकास निमार्ण मात्र होईन, माओवादीलाई शान्ति प्रकृयामा ल्याउने , राजा फाल्ने, संविधान सभाको चुनाव गराउने र संविधान ल्याउने पनि कांग्रेस नै भएको जिकिर गरे ।
त्यस्तै उनले गाउँ गाउँमा सिंहदरवार ल्याउने, दलित, जनजाती महिलालाई अधिकार दिलाउने पनि कांग्रेस नै भएको र कम्युनिष्टहरुले भाषण सिवाय यो देशमा केहि गर्न नसकेको भन्दै आलोचना गरे ।
भाषणको झण्डै एक घण्टा सम्म कम्युनिष्टहरुको आलोचना मै सयमय खर्चिएका नेता भण्डारीले २०६४ सालको निर्वाचन पछि कम्युनिष्टहरुको सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत विपन्न वर्गलाई वनाई दिन सुरु गरिएको घर समेत आफ्नो अवधारणमा गुल्मीमा बन्न लागेको दावि गरे ।
उनले दशै ताका सरकारले बनाउन लागेका गुल्मीका वोटे माझी र कुमाल समुदाय लगायतको घर आफ्नो उपहार भन्दै फेशवुकमा लेखेका थिए । उक्त कुरा सहित उनले जिल्लाभर भएको विकास निर्माण जति सवै आफु र नेपाली कांग्रेसले मात्रै गरेको भन्दै हिड्न थाले पछि उनको भनाईलाई वामगठबन्धनका नेताहरुले व्यापाक रुपमा व्याङ्ग गरिरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend