logo
  • शुक्रबार, असोज ९ २०८३

संजालदेखि सभासम्म पत्रकारमाथी खनिए चन्द्र भण्डारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर १३ ।
बुधबार बिहान फेसवुकमा पत्रकारको आलोचना गरेर गाउँ पसेका कांग्रेस नेता चन्द्र भण्डारीले चुनावी सभामा समेत पत्रकारलाई खुवै गाली गरे । संबोधनकै शुरुमा उनले पत्रकार प्रेम सुनारलाई प्रखर तर पुर्वाग्रही भनेका थिए । त्यो मात्र होइन उनी भाषणको अन्त्यसम्म पत्रकार र प्रतिपक्षप्रति निकै खनिए ।
कालिगण्डकी गाउँपालिका ४ को पुर्तिघाटमा चुनावी सभालाई संबोधन गर्दै उनले आफ्नो गलत प्रचार गर्ने प्रतिपक्ष र पत्रकार प्रति आक्रोशित देखिन्थे । आफुले केपी ओलीको क्षेत्रमा भन्दा बढि विकास गुल्मीमा गरेको दावी गर्दै प्रतिपक्ष र पत्रकारले बङग्याएर प्रचार गरेको आरोप लगाए ।

गुल्मीमा ५२ पुल, ९३ खानेपानी योजना र सडकको क्षेत्रमा आफुले सोचेभन्दा बढि विकास गरेको दावी गरे । उनले आफुले गरेका काम जनताका माझमा सार्वजनिक गर्दा पनि मिडियाहरुले आफ्नो गलत प्रचार गरिएको भन्दै त्यसको खण्डन गरे । ‘शुरुमा मैले ४२ पुल भने अहिले हिसाव निकाल्दा ५२ रहेछन्,’उनले भने,‘केहि पत्रकारले चन्द्र भण्डारीका पुल हराए भनेर समाचार लेखे ।’

प्रतिपक्ष रक्सी र पैसा बोकेर गाउँ पसे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा क्षेत्र नं १ का उमेदवार चन्द्र भण्डारीले काम नगर्ने तर चुनावको बेला रक्सी, कुखुरा र पैसा बोकेर प्रतिपक्षहरु गाउँ पसेको आरोप लगाए । उनले कहिल्यै पनि जनताका काम र विकास नगर्ने अनि गरेका काम पनि झुटा सावित गर्न खोज्नेहरुले चुनावमा जे गर्न पनि पछि नपर्ने बताए ।

आफुले ०७० सालमा जनतासंग गरेका बाचा पुरा गरेकाले फेरी आर्शिबाद माग्न जनताकै घरदैलोमा आएको उनको भनाई छ । आफुहरुले अघिल्लो चुनावमा संविधान बनाउने र सिद्धबाबा सडकको बिकल्प खोज्ने गरी गरेका बाचा पुरा गरेको दावी गरे ।

कांग्रेसको नेतृत्वमा विश्वकै नमुना संविधान र आफ्नो नेतृत्वमा सिद्धबाबाको विकल्पमा सालझण्डी–पटौटी–तम्घास सडकको काम भएको बताए । ‘म उधारो भोट माग्न आएको छैन, जनताका अपेक्षा भन्दा बढि ग¥यौ,‘उनले भने,‘फेरी पनि काम गर्ने आशा छ ।’

कर्णेलकोमा भात खाएर शिलालेखमा नाम लेखाए

कांग्रेस नेता चन्द्र भण्डारीले कालीगण्डकी करिडोर सिहं दरवारबाट समेत आझेलमा परेको बेला कतिपयले त्यसलाई गलत प्रचार गरिरहेको बताए । ‘कालीगण्डकी करिडोरको प्रचारकै लागि धेरैले कर्णेलकोमा भात खाएर शिलालेखमा नाम लेखे,’उनले भने,‘ रामशसण महतको पालाबाटै काम भएको हो ।’ कालीगण्डकीसंग यस क्षेत्रका जनताको भाग्य र भविष्य जोडिएकोले भोलीको कामका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे ।

पत्रकारमाथीको आक्रोस आपत्तीजनक : अध्यक्ष भुसाल

पार्टीको जिम्मेवार तथा उमेद्वार जस्तो व्यक्ति चन्द्र भण्डारीले संजालदेखि सभासम्म पत्रकारलाई गाली गर्नु आपत्तीको बिषय भएको बताए । पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल सहितको पत्रकारको टोली रहेको पुर्तिघाटको चुनावी सभामा समेत नेता भण्डारी पत्रकारप्रति आक्रोसित भएका थिए ।

भुसालले पछिल्लो समय नियन्त्रण बाहिर रहेका अनलाइनहरुमा आउने समाचारलाई आधार बनाएर सवै पत्रकारहरुलाई सार्वजनिक रुपमा गाली गर्नु जिम्मेवार नेताको नैतिकता भित्र नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend