logo
  • शुक्रबार, असोज ९ २०८३

चन्द्र भण्डारीद्वारा आफ्नो पहलका ४२ पुलहरुको विवरण सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, मंसिर १३ ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उमेदवार चन्द्र भण्डारीले जिल्लामा भएका विकास कामहरुलाई सकारात्मक रुपमा लिनको लागि अनुरोध गरेका छन् ।

विकास निर्माणका कामहरु मेरो अगुवाईमा भएको भएपनि त्यसको उपभोग गुल्मेली जनताहरुले गर्ने भएकोले विकासका काममा पार्टीको रङ्ग नलगाइ सम्पूर्णले उपभोग गर्न समेत अनुरोध गरेका छन् ।

केही समय अगाडि जिल्लामा भएका विकासका क्रममा गरिएका कामहरु भन्ने क्रममा जिल्लामा निर्माण भएका र हुन लागेका पुलहरूको बारेमा अपाच्य टिप्पणीहरु आउनाले आफू दुःखी भएको बताएका छन् ।

उम्मेदवार भण्डारीले आफ्नो पहलमा निर्माण भएका र निर्माण हुने पुलहरुका बारेमा जनताहरु माझ प्रस्ट पारिदिन अनुरोध गरेका छन् । उनका अनुसार निम्न अनुसारका पुलहरू जिल्लामा निर्माण भएका र निर्माण हुने अवस्थामा रहेको बताएका छन् ।


निर्माणका क्रममा रहेका पक्की पुल

१. बरीगाढ नदी पक्की पूल, सिस्ने, हुँगा
२.बडीगार खोला पूल, उल्लीखोला
३. बरीगाढ खोला पूल, चोरकाटे
४. लूदीखोला पूल, रिडी–रुद्रवेणि–वामीटक्सार
५. कालीगण्डकी पूल, पूर्तिघाट
६. कालीगण्डकी पूल, रिडी बजार
७. तालखोला पूल, रिडी

ठेक्कापट्टा भई निर्माण सुरुहुने क्रममा रहेका पक्की पुल

८. बरिगाढ खोला पूल, साहघाट, लिम्घा–हँसरा
९. मलागिरी खोला पूल, खाम्सेपानी, सुर्यटारी सडक
१०. करपाटा घोर्ले जोड्ने पुल, दरवार देविस्थान
११. दरमखोला पूल, अर्लाङ्कोट, र रिघा जोड्ने
१२. निस्ती पुल, पराल्मी–इन्द्रेगौँडा जोड्ने

डिजाइनको क्रममा रहेका चालु आ.व. २०७४/७५ मा ठेक्कापट्टा हुने पुल

१३. बरिगाढ पुल खैरेनी बोटेगाउँ
१४. पुर्खे गुलाम पुल, गौँडाकोट
१५. हुग्दीखोला पुल, शान्तिपुर–हर्राचौर
१६. सेतीवेनी पुल, स्याङ्जा कालीगण्डकी पुल
१७. तम्घास खोलामा पुल १ र ८ जोड्ने
१८. पतिखोला पुल
१९. पूर्तिघाट पुल, पालुङ्गा
२०. भुवाचिदी वडागाउँ जोड्ने वरिगाढ नदी पुल
२१. वामी सुदी १ र मुसीकोट ६ जोड्ने वरिगाड खोला पुल
२२. तिनमुखे पुल, रिडी (निर्माणाधिन)
२३. त्रिवेणी पुल (पटौटी, खज्याङ्ग, तम्घास सडकं)
२४. राङ्वास पुल (पटौटी, खज्याङ्ग, तम्घास सडकं)
२५. त्रिवेणी दोस्रो पुल÷पटौटी खज्याङ तमघास निर्माणाधिन)
२६. दुर्गाखोला पुल (पटौती–खज्र्याङ्ग–तम्घास सडक, ठेक्का भई कार्य हुने)
२७. सौर्यखोला चिदिका (पटौती–खज्याङ्ग–तमघास सडक (सर्वे डिजाइन सम्पन्न २०७४/७५)
२८. सौरेते खोला, खज्र्याङ्ग (ऐ.ऐ.)
२९. लुङ्खोला झोलुङ्गे पुल (भार्से–ग्वाघा)
३०. अर्जेन्ती खोला झोलुङ्गे पुल (दिव्रुङ–ग्वाघा)
३१. भूतिया खोला झोलुङ्गे पुल, फोक्सिङ्ग
३२. सिउरेदीघाट झोलुङ्गे पुल, ठूलो लुम्पेक
३३. अमर अर्वाथोक दोभई पक्की पुल निर्माणाधिन (क्रमागत)

डि.पि.आर. भइरहेका पुल

३४. भार्से खोला पुल, जुनिया
३५. हुँगा सत्यवती पाञा पुल
३६. अरौँदी खोला पुल
३७. रिडी खोला पुल
३८. कालीगण्डकी पुल (हर्मिचौर–मिर्मि)
३९. उल्लीखोला पुल (हुँगा–बलेटक्सार)
४०. झेदी पक्की पूल (वडागाउँ–वामीटक्सार)
४१. घमिर खोला पुल
४२. खज्र्याङ्ग खोला पुल

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend